निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

spot_img

नेपालमा कोरोना भाइरसको पाँचौँ संक्रमित भेटिए

काठमाडौँ । नेपालमा कोरोना भाइरसको पाँचौँ संक्रमित भेटिएका छन् ।

बेल्जियमबाट आएकी २२ वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए। ती संक्रमित बागलुङकी हुन्।

२२ वर्षीया ती महिला चैत ४ गते बेल्जियमबाट कतार हुँदै नेपाल आएकी थिइन्। उनी क्‍यूआर ६५२ फ्लाइबाट आएकी थिइन्। काठमाडौँ बाहिरको कोरोना संक्रमित भेटिएका यो दोस्रो केश रहेको मन्त्रालयका प्रवक्‍ता विकास देवकोटालेबताए।

हालसम्म ८७५ वटा टेस्ट भएको र ३२ वटा परीक्षणका क्रममा रहेको मन्त्रालयले जनाएको छ। टेकु अस्पतालमा १० जना आइसोलेसनमा रहेको प्रवक्ता देवकोटाले बताए।

प्रवक्ता देवकोटाले चौथो केशको फ्‍लाइटको विवरण पनि भनेका छन्। ती संक्रमित २० मार्चमा विस्तारा एयरको दिल्लीबाट युकेको ११५ फ्लाइट हो। ती संक्रमित अहिले धनगढीमा उपचाररत छन्।

नेपाल उद्योग परिसंघले करिब ७५ हजार सर्जिकल मास्क र १०० वटा पिपिइ सहयोग गरेको छ। एकीकृत व्यापार कम्पनीले ४० वटा पीपीई सहयोग गरेको मन्त्रालयले जनाएको छ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »