सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुग्यो

काठमाडौं। नेपालमा कोरोनाभाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।

त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत दोलखाका पुरूषको उपचारको क्रममा बुधबार मृत्यु भएको हो। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

दोलखा भिमेश्वर नगरपालिका-२ का ७६ वर्षीय वृद्धको महाराजगन्जस्थित टिचिङ अस्पतालको गणेशमान भवनको आइसियूमा उपचार भइरहेको थियो।

उनलाई काठमाडौंको सिनामंगलको केएमसी अस्पतालबाट गएराति टिचिङ ल्याइएको थियो। उनको न्यूरो सर्जरी समेत गरिएको छ। संक्रमित वृद्धको लडेर टाउकोमा चोट लागेपछि उनलाई सुरूमा गौरीशंकर सामुदायिक अस्पताल भर्ना गरिएको थियो। तर जेठ ११ गते उनलाई अस्पतालले काठमाडौं रिफर गरिदिएको थियो।

भर्खरै

सम्बन्धित खबर

Language »