नेपालमा मार्क्स जन्मि सकेका छन् तर पहिचान गर्न सकेनन्ः बिनाेद जंग रायमाझी

नेपालमा मार्क्सवादीहरू धेरै होलान् तर मार्क्सवाद र मार्क्सवादी विचारधारा मान्नेको पहिचान हुन सकेको छैन। नेपालमा मार्क्सवादी भनिनेहरु कहिले मार्क्सवादी भएनन् वा हुनै चाहेनन् , वर्ग र वर्ग संघर्षको चर्को भाषण र नारा लगाउनेहरु वा सिद्धान्त रटेर विवेचना गर्नेहरु कहिले मार्क्सवादी थिएनन् र हैनन् पनि, मलाई मार्क्सवादको समानता र साम्यवादी विचारधाराले मार्क्सवाद वुझ्न मन लाग्यो र मार्क्स जस्तैः समानता र साम्यवादी विरचारधारामा अडिएर विवेचना र व्यबहार गर्ने नयाँ मार्क्स नेपालभित्र धेरै जन्मी सकेका छन्। जसको पहिचान हुन सकेको छैन ।

पहिचान भएपनि समाजले नेपाली मार्क्सवादको उपेक्षा गरिरहेको छ। ती जन्मिएका अनगिन्ती मार्क्स र मार्क्सवादीहरू तपाई भित्र , म भित्र र हजारौं युवाहरूको ढुकढुकी भित्र , कहीँ विद्रोही बनेर कहीँ वर्ग संघर्ष विरुद्ध आवाज वनेर उठ्न सकि रहेको छैन । जसले गर्दा तपाई भित्र भएका मार्क्सवाद लाई आफैंले उजागर गर्न सकिरहेका छैनन् ।

मलै धरै मार्क्सवादी नेताहरुलाई मार्क्सवादको विषयमा बहस र भाषण गरि रहेको देख्छु जुन मार्क्सवादी भनिएका नेताहरु सर्वहारा वर्गका प्रतिनिधि थिए वा आफुले आफैंलाई सर्वहारा वर्गका नेता ठान्थे , जसलाई एक भाषामा भन्नुपर्दा ती सवै मार्क्सवाद विचारधारालाई लिलाम गरेर प्रतिफल प्राप्त गर्ने मार्क्सवादी दलालीहरु थिए । जसले सच्चा मार्क्सवाद विचारधारा अंगालेर जिवन व्यतित गर्नेका जीवन र सपनामाथि राजनीतिक आवरणले हजारौं लाखौं मार्क्स माथि शासन गरि मार्क्सवादी विचारलाई नै सम्प्रेषण गरिरहेका थिए ।

मैले हाम्रो समुदायमा धेरै कार्ल मार्क्स , एेङ्गेल्स, कास्टो,माओ र स्टालिन हरु भेटेको छु। जसले प्रत्येक क्षणमा वर्ग र वर्ग संघर्ष विरुद्ध लडेका छन । जसलाई आजको विवेकशील समाजले कार्लमार्क्स एेङ्गेल्स ,कास्टो , माओ र स्टालिन विचारधाराको मानेन जसले व्यबहारिक रुपमा वर्गीय असमानता विरुद्ध लडिरहेका छन् । तर मार्क्सवादी अनुयायी तिनैलाई मानियो जो चिल्लो कालो सिसा भित्र चिप्लो सडकमा गुड्न सके । ठुला महलमा बस्न सके , मिठो भाषण गर्न सके , कालो धन थुपार्न सके तिनैलाई आज सर्वहारा जनताको नेता , मार्क्सवादी अनुयायीका रुपमा चिनियो र सर्वहारा प्रतिनिधि भन्दै मंचमा फुलमालाले अभिनन्दन गर्दै भाषण गर्न लगाईयो । खै समानता ?

मार्क्सवादी नेताले सर्वहारालाई भुॅईमा राखेर आफु स्टेजमा बसेर भाषण गर्नुमै असमानता देखिन्छ । सफा कोट र फाटेको जुत्तामा असमानता छ ।

विचार र व्यबहारमा असमानता छ। कुनै चिल्लो कोट लगाएर मार्क्सवादी विचारक आफुले आफैंलाई मार्क्स ठान्छ भने उसको गल्ती हैन उसको व्यवहारको गल्ती हो । नेपालमा हजारौं ,लाखौं मार्क्स , ऐङ्गेल्स र स्टालिनहरु एउटा ईट्टाभट्टामा भारी बोकिरहेका श्रमजीवी श्रमिकका छोराछोरीहरुमा देखिन्छ । खेतमा हलो जोतिरहेको किसानको छोरा जहाँ अालीका डिलवाट चिहाई रहेछन , भारी बोक्ने भरियाहरूको छोराछोरी टुकीको उज्यालोमा रमाई रहेछन् । हो ,तिनीहरुमै मार्क्सको विचारहरु दगुरी रहेको देखिन्छ । तर मार्क्सको ठेली बोकेर पाठ घोक्नेहरु र मार्क्सवादी भन्दै विभिन्न पार्टीको म्याराथनमा भाग लिएर दौडिने हरुमा मार्क्सवादी अ व्यवहार अलिकति पनि देखिदैन।

मार्क्सवादलाई एउटा दर्शन , विचार र समानताका आधारशिलाको कडिको रुपमा व्याख्या र विवेचना गर्न सक्नु पर्दछ । हामीले बुझे जस्तो न यो मार्क्सवाद कुनै पार्टी हो न यो पार्टीको एजेन्डा नै हो । यो एउटा विद्रोहको सिद्धान्त र दर्शन हो । जसले वर्ग र वर्ग संघर्षको लागि मानवीय व्यबहारलाई परिवर्तन गराउदै नयाँ मार्गमा अघि बढ्न उत्प्रेरित गर्दछ ।

धेरैले लेनिनवादलाई मार्क्सवादकै विकसित र परिस्कृत रुप हो भनि परिभाषित गर्दछन । मार्क्सवादी ,लेनिनवादी दर्शन सिद्धान्तपछि दुनियाँले अवलम्बन गर्नसक्ने सिद्धान्त प्रतिपादन भएका छैनन् । कार्ल मार्क्सको पुस्तक (क्यापिटल) पुँजीले समग्र अर्थब्यबस्था, यसका अवयव, पुँजी, ज्याला र श्रमको असमान वितरण र यसको समाधान जस्ता अति संबेदनशील पाटोलाई राजनीतिक रुपमा जोडेर आफुलाई मार्क्सबादी अर्थशास्त्रीको रुपमा परिचित गरेका छन् ।

मार्क्सले पदार्थ चेतनाभन्दा बाहिरका भौतिकताबादी चिन्तनबाट स्वतन्त्र रुप नै चेतना हो र यहि चेतनाले व्याप्त द्वन्दात्मक भौतिकताबादी चिन्तनको जन्म गराउँदछ । समयले परिबर्तन गर्ने वातावरणको रुप जस्तै समाज विकास र शासन हुने गर्दछ भनेका छन् । कुनै दिन मार्क्सले देखेका र देखाएका सपनाहरु आज सार्थक हुँदैछन् । उनले हरेक कुरा परिवर्तनशिल छ, आज जो शोषित छ भोलि त्यही शोषितले शोषण गर्नेलार्इ शासन गर्नेछ भनेका थिए । त्यसैले हामीले बुझेको र भोगेको मार्क्सवादीहरूले सर्वहारा वर्गको प्रतिनिधित्व गरिसकेका छैनन् । बुर्जुवा वर्गहरु नै मार्क्सवादी अनुयायी बनेर सर्वहारा वर्गमाथि वर्गीय शोषण गरिरहेका छन् । जुनदिन मार्क्सले भनेजस्तै सर्वहारा वर्गको शासन व्यवस्था उदय हुन्छ त्यहि दिन बुर्जुवावर्गको अन्त्यको वागडोर खुल्ला हुन्छ ।

+ posts

समाज परिवर्तनका लागि कलमकाे एक थाेपा मसी नै काफी छ ।

Language »