सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालमा संक्रमितको संख्या ८२ पुग्यो,फेरी नेपालगन्जमै ७ नयाँ थपिए

काठमाडौं । बाँकेको नेपालगञ्जमा थप सात जना कोरोना संक्रमित भेटिएका छन् । यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित भएकाहरुको संख्या ८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नयाँ सातै जना संक्रमित बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ का हुन् । मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारी चार जना महिला र तीन जना पुरुषमा संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल, नेपालगञ्जमा भएको परीक्षणको मंगलबार बिहान आएको रिपोर्टअनुसार ७ जना नयाँ संक्रमित थपिएका हुन्।

नेपालगन्जमा मंगलबार संक्रमण पुष्टि हुनेहरुमा २२, ३० र ४० वर्षीय पुरुषहरु तथा ९, ३२, ३४ र ५५ वर्षीया महिला भएको सहप्रवक्ता अधिकारीले जानकारी दिएका छन् । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए । उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् ।

मंगलबार भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा ९, ३२, ३४ र ५५ वर्षका महिला तथा २२, ३० र ४० वर्षका पुरुषमा कोरोना पुष्टि भएको थियो । उनीहरु सबैको स्वास्थ्य सामान्य छ ।

यसअघि बाँकेमा एकैदिन १५ जना संक्रमित फेला परेका थिए । संक्रमितको संख्या बढेसँगै नेपालगन्जमा मंगलबारदेखि निषेधाज्ञा जारी गरिएको छ । संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङ गरी पहिचान र परीक्षण गर्ने काम भइरहेको पनि मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै नेपालगन्जमा मात्रै संक्रमितको संख्या २३ पुगेको छ । यसअघि नेपालगन्जमा आइतबार १५ जनामा कोरोना संक्रमण देखिएको थियो । हालसम्म नेपालमा संक्रमण पुष्टि भएकामध्ये १६ जना निको भएर घर फर्किएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »