निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

spot_img

नेपाली मौलिक लोकबाजाहरुको साँस्कृतिक एवं मौलिक धुनहरुको प्रस्तुति “हाम्रो बाजा : हाम्रै धुन” कार्यक्रम हुँदै (विवरण सहित)

काठमाडौं, २९८ औं पृथ्वी जयन्ती तथा नेपाल भ्रमण वर्ष २०२० को अवसरमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानले विभिन्न नेपाली मौलिक लोकबाजाहरुको साँस्कृतिक एवं मौलिक धुनहरुको प्रस्तुति “हाम्रो बाजा : हाम्रै धुन” कार्यक्रम सम्पन्न गर्ने भएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री योगेश भट्टराईको प्रमुख आतिथ्यतामा नेपाल प्रज्ञा-प्रतिष्ठान, कमलादीमा आउँदो पुस २७ गते दिनको २:०० बजे सो कार्यक्रम हुने जानकारी नेपाल सङ्गीत तथा नाट्य प्रतिष्ठानका सदस्य सचिव श्याम तमोटले दिएका हुन्।

बहुभाषिक, बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक नेपालको सङ्गीत र नाट्य क्षेत्रका कलाकारहरुलाई प्रोत्साहित गर्न, सामुहिक सहकार्य तथा अन्तरकृयाको अवसर प्रदान गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको यस प्रतिष्ठानले नेपालमा खुम्चिँदै लोपोन्मुख अवस्थामा पुगेका पुराना लोकबाजाहरुलाई जोगाइ राख्न र सीमित जातीय दायराभन्दा बाहिर निकालेर संसारभर आम सङ्गीतप्रेमीहरुसम्म पुर्याउने लक्ष्यका साथ यो कार्यक्रमको आयोजना गर्न लागिएको सचिव तमोटले जानकारी दिए।

पूर्व देखि पश्चिमसम्मका विभिन्न जातजाती, भाषा, कला संस्कृतिका नेपाली कलाकारहरुले एकैसाथ मौलिक बाजाहरुको प्रयोग गरि नेपाली मौलिकता झल्किने विभिन्न धुनहरुको वादन गर्ने यस्तो कार्यक्रम प्रतिष्ठानले यसभन्दा अघि पनि गरेको थियो। प्रतिष्ठानले यसै वर्ष असोज ६ गते संविधान दिवसको अवसर पारेर नेपाली मौलिक वाद्यवादक कलाकार र बाजाहरुलाई प्रोत्साहन मिल्ने कार्यक्रमको सफलतापूर्वक आयोजना गरेको थियो।

देशको विभिन्नस्थानबाट धेरैको सो कार्यक्रम हेर्न नपाएको गुनासो आएको र पुनः एकपटक त्यस्तै प्रकृतिको कार्यक्रम गर्न व्यापक माग भएकोले यसै वर्ष यो कार्यक्रमको पुनः आयोजना गर्न लागिएको सचिव तमोटले बताए। कार्यक्रममा अन्य देशका नागरिकहरुको पनि अतिथिका रुपमा उपस्थिति रहने प्रतिष्ठानले जनाएको छ।

नेपाल भ्रमणमा आउने विदेशी पाहुनाहरुलाई प्रायः जसो स्थानहरुमा आधुनिक विदेशी संगीतमात्र सुनाइने गरेको हामीले देखेका छौं। तर यसपटक भने उनीहरुले यस कार्यक्रम मार्फत विभिन्न जातजाति र स्थानका नेपाली मौलिक लोक बाजाका कर्णप्रीय धुनहरु एकैसाथ सुन्ने अवसर पाउने छन्। जुन हाम्रोलागि गौरवको र उनीहरुकालागि रुचिको विषय हो। नेपाली मौलिक सङ्गीतको माध्यमबाट पर्यटन वर्ष २०२० सफल बनाउन र लोप हुने स्थितिमा पुगेका नेपाली मौलिक बाजा गाजालाई प्रवर्द्धन र प्रचार गरि संसारभर पुर्याउन यो कार्यक्रमले निकै महत्वपूर्ण भूमिका खेल्न सक्ने देखिन्छ।

नि:शुल्क प्रवेशको ब्यवस्था गरिएको उक्त कार्यक्रम धेरैभन्दा धेरै नेपालीहरुलाई हेरेर उपेक्षित हुँदै आएका नेपाली बाजालाई माया गरिदिन आग्रह गर्दै कार्यक्रममा सकेको जति सबै मौलिक बाजाहरुलाई समावेश गर्ने प्रयास गरिएको सचिव तमोटले बताए। 

प्रायः विद्यालयहरुमा परिक्षाको समय भएता पनि नेपाली युवा विद्यार्थीहरु माझ पनि यस्ता नेपाली बाजाको महत्व र सौन्दर्य पुर्याउनु र उनीहरुलाई नेपाली मौलिक संगीत बुझाउनु यस कार्यक्रमको अर्को अभिप्राय रहेको बताउँदै युवापुस्ताको हृदयमा यी बाजाहरुबाट निस्कने मौलिक संगीतले स्थान बनाउन सके त्यसले हराउँदै गएका बाजालाई बचाउने हुँदा काठमाडौं, ललितपुर र भक्तपुरबाट कम्तिमा तीन विद्यालयका विद्यार्थीहरुलाई कार्यक्रममा आमन्त्रित गरिएको पनि सचिव तमोटले पत्रकार भेटघाट कार्यक्रममा बताएका छन्।

पत्रकार भेटघाट कार्यक्रममा प्रतिष्ठानका कुलपति नारायनभक्त श्रेष्ठ (रायन) ले नेपाली कला – संस्कृति, नेपाली लोपोन्मुख मौलिक बाजा र सङ्गीतहरुको संरक्षण र सम्बर्द्धनको अभियानमा सबै नेपालीहरुलाई जोडिन आग्रह गरेका छन्। हराउँदै गएको गन्धर्व जाती र सारङ्गीलाई बचाउनु सबै नेपालीहरुको दायित्व हो भन्दै उनले प्रचारप्रसारको कमी कै कारण मुर्चुङ्गा जस्तो विशुद्ध नेपाली मौलिक बाजालाई हाल नेदरल्याण्डले आफ्नो बाजा भन्दै आएको पनि स्मरण गराए। अर्को नेपाली बाजा मुहाली(सहनाई) को प्रसंग आउने बित्तिकै भारतको नाम जोडिने गरेको र प्रचारप्रसार र संरक्षणको अभावमा नेपाली मौलिकता झल्किने यस्ता कुराहरु अरुले धमाधम आफ्नो बनाउनु दु:खद कुरा भएको उनले जिकिर गरे । अब यस्ता सबै बाजाहरुको पर्याप्त प्रचारप्रसार गरि हाम्रोबाट अरुको हुन नदिन सबैको हातेमालोको आवश्यकता भएको कुलपति श्रेष्ठको भनाइ छ ।

कार्यक्रममा प्रस्तुत गरिने धुनहरु

१) मङ्गल धुन

२) सोरठी धुन

३) पालाम धुन

४) असारे धुन

५) मैथली धुन

६) क्या राम्रो इन्द्रेणी

७) कौडा धुन

८) सिंसाया हेकु ‘ नेवार लोकभाका’

९) सङ्गिनी धुन

१०) वा माया वा

११) मालश्री धुन

१२) धिमाल

१३) नपाली हामी रहौंला कहाँ नेपालै नरहे

१४) साकेला मेन्दोमाया, थकाली, देउडा, आदि

बाजाहरु

# सारङ्गी

# बाँसुरी

# सहनाई

# ताल-वादन

# टुङ्ना

# मुर्चुङ्गा, पात, चरीबाजा

# खिं

# धिमें

# ढोलक

# नरसिंहा

# झ्याम्टा

# पञ्छे बाजा

# दमरु

# घण्टी

# डम्फु आदि।

सहभागी कलाकारहरु

कार्यक्रम संयोजक : प्राज्ञ अशोक राई

सारङ्गी वादन संयोजक : प्राज्ञ भरत नेपाली

ताल वादन संयोजक : भरत बुढाथोकी

नरेश महर्जन

वाद्यवादकहरु

सारङ्गी

१) वर्त गन्धर्व

२) अरुणा गन्धर्व

३) सन्तोष पाठक

४) सञ्जोक मल्ल

५) किरण महर्जन

६) राजु महर्जन

७) विजय तामाङ

८) डेनियल कृष्टिफर सुब्बा

९) आयुष्मा जोशी

१०) राहुल मानन्धर

११) मौसम सुनुवार

१२) सरुण मानन्धर

१३) खुम केसी

१४) दिपेश नेपाली

१५) सबिन लिम्बू

१६) प्रो. चिकारा मेइदा ( जापानी नागरिक)

बाँसुरी

१) रत्न वि.क.

सहनाई

१) धनबहादुर गुरुङ

ताल-वादन

१) खड्ग बहादुर बुढामगर

२) अनिल श्रेष्ठ

३) पोषण घर्ती

४) राम मगराती

टुङ्ना

१) लोकराज राई

मुर्चुङ्गा

१) हिरन राई

कोरस

१) कला राई

२) मेनुका राई

३) निशा आङ्देम्बे

४) रमा थापा

५) गंगा राई

६) सञ्जय तुम्रोक

७) सुशन साम्सोहाङ

८) सीता सिङ्घक

हाम्रै बाजा, हाम्रै धुनकाे बारेमा नेपाल सङ्गीत तथा नाट्य प्रतिष्ठानका उपकुलपति हरिहर शर्माले महत्वकाे बारेमा यसरी बुझाउनु भयाे । सुन्न नबिर्सनु हाेला ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »