निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

spot_img

नेपाल मुस्लिम हल्वाई समाज उत्थान केन्द्रको अध्यक्षमा जियाउल


नेपालगञ्ज, मुस्लिम समुदाय भित्र रहेका हल्वाई जाति व्यक्तिहरुलाई संगठित गर्ने उद्देश्यले नेपाल मुस्लिम हल्वई समाज उत्थान केन्द्रको स्थापना गरिएको छ ।

बाँकेको नेपालगञ्जमा आयोजित प्रथम भेलाले मुस्लिम समुदायको हक अधिकारमा लागि लामो समय देखि संघर्ष गर्दै आएका मानव अधिकार संरक्षण तथा प्रवर्द्धन केन्द्रका उपाध्यक्ष मोहम्मद जियाउल हक हल्वाईको अध्यक्षतामा ३४ सदस्य समिति गठन गरिएको छ ।

समितिको प्रथम उपाध्यक्षमा मो.हाकिम हल्वाई, अर्को उपाध्यक्षमा फिरोज हल्वाई वरसी, महा सचिवमा नेपाल हज समितिका सदस्य मेराज हल्वाई,सचिव मा फरीदुल हक हल्वाई, कोषाध्यक्ष बाबू हल्वाई, सह(कोषध्यक्ष, ताजुद्दीन हल्वाई सहित ३४ सदस्य केंद्रीय समिति गठन गरिएको अध्यक्ष जियाउलले बताए ।

भेलालाई सम्बोधन गर्दै नेपाल हज समितिका सदस्य एवं हल्वाई समाजका महासचिव मेराजले भने, समाजका जानकार, बौद्धिक एवम् चेतनशील वर्गको काम राज्यलाई आवश्यक खबरदारी गर्ने र राज्य संयन्त्रलाई प्रभावकारी ढङ्गले सञ्चालन हुन मद्दत गर्ने हो ।

केवल सरकारलाई गाली गरेर मात्र हाम्रो दायित्व पूरा हुँदैन । आवश्यक चेतना संवाह गर्न र परेको बेला सम्बन्धित स्थानमा पुगेर पीडितका तर्फबाट पैरवी गर्न हामी सबै तयार हुनुपर्छ । गठन गरिएको समाजको मुल उद्देश्य यहि रहेको जिकिर गर्नु भयो ।

यस्तै अध्यक्षको पदभार ग्रहण गर्दै जियाउलले भने,मुस्लिम समुदायको राजनीतिक, सांस्कृतिक र आर्थिक अधिकार एउटा लोकतान्त्रिक मान्यताभन्दा फरक छैन ।

उनीहरूको परम्परागत ज्ञान र सीपलाई आधुनिकीकरण गर्दै त्यसको सामाजिक प्रतिष्ठा स्थापना गर्नुपर्ने खाँचो छ । यसले यो समाजभित्रको ठूलो हिस्सालाई स्वावलम्बी र आत्मनिर्भर बनाउँछ । यसप्रति स्थानीय र प्रदेश सरकारहरूले विशेष ध्यान दिन जरुरी रहेको जिकिर गर्नुभयो ।

उहाँले कुनै पनि समाज वा प्रणाली आफैमा सम्पूर्ण हुँदैन । सम्पूर्णताका नजिक पुर्‍याउन खोज्ने लोकतान्त्रिक प्रणालीले हो । मुस्लिम समुदायलाई अलग–थलग राखेर, तिनका बारेमा विमर्श नगरेर सम्पूर्णताको लक्ष्य पूरा हुँदैन ।

दक्षिण एसियाली वर्तमान अनुभवलाई आधार मानेर अगाडि बढ्दा नेपाली मुस्लिम समुदायमा बढी निराशा देखिनु हुँदैन । सामुदायिक उन्नतिका लागि उचित परिवेश खोजी गर्नका लागि हल्वाइ समाजको स्थापना गरिएको बताउँदै यो समाजलाई राष्ट्र व्यापी वनाउनुका साथै विशेष योजनाहरू निर्माण गरिने बताउनु भएको थियो ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »