नेवा: नेवा: को फुट आन्तरिक आप्रवासि को लुट

सुमन सायमी

काठ्माण्डौको एक संपन्न परिवारमा जन्मिएर पनि लामो समयदेखि सामाजिक अभियानमा सकृय भई रहेका सुमन सायमी संग साराखबर का प्रतिनिधि ले गरेको वार्तालाप को मुख्य अंश ( सुमन सायमी वर्तमान प्रधानमन्त्री के. पि. ओलि देखि राष्ट्रपति बिद्ध्या देवि भण्डारी र तत्कालिन एमाले का महासचिव मदन भण्डारी लगायत धेरै कम्युनिष्ट नेताहरु लाई पन्चायतकालको जोखिमपुर्ण अवस्थामा समेत आफ्नै घरमा सेल्टर दिने तथा पार्टीको हरेक काममा सकृयता देखाउन मरिमेटेर लाग्ने स्व .जीवनराज मानन्धर का छोरा हुन् । )


तपाईलाई आफ्नो बाल्यकाल को कत्तिको संझना छ ?

किन नहुनु राम्रोसंग संझना छ । अलि हुने खाने परिवारमा जन्मिएकोले खासै दुख: के हो बुझ्न नै पाईएन । घरको काम कसले कसरि गर्छन भन्ने समेत केहि थाहा हुँदैनथ्यो । जसरि पनि स्कुल जाने र पढ्ने बाहेक अरु सोच्ने समयनै थिएन । हरेक आवस्यकता घर बाट सहज रुपमा पुरा हुने भएको ले अभाव को सामना नगरि कन मेरो बाल्य काल बित्यो । अरु साथि हरु संग १० रुपैयाँ नहुने अवस्था मा मसंग १०० रुपैयाँ गोजिमा हुन्थ्यो । तर म लोभि भने थिईन आफु संग भएको पैसा ले सबैलाई खाजा खुवाउने गर्थें।


त्यसो भए टिनएजमा त खुब रमाईलो गर्नु भो होला है ?


रमाईलो त यति गरीयो कि भो कुरा नगरौं । त्यो समयमा पैसा को कहिलै कमि भएन। पैसा तिरेर गर्न मिल्ने टिनेज को रमाईलो कुनै बाँकि छ जस्तो लाग्दैन मलाई । रमाईलो त गरियोनै त्यो समयमा धेरै कुरा सिक्ने मौका पनि मिल्यो । जसले गर्दा त्यो सुमन सायमी आज यो अवस्थामा आउन सफल भएको हो ।


पुरै आधुनिक जीवनशैलि बाट हिडेको मान्छे कसरी सामाजिक काममा लाग्नु भो त ?


बुबा जीवीत हुन्जेल पढ्ने र रमाईलो गर्ने भन्दा अरु कुरा दिमागमा घुस्ने अवसरनै मिलेन । बुवाको राजनैतिक यात्राका धेरै कुरा मैले नजिक बाट देखेको थिएँ तर बुझ्ने कोसिस न आफुले गरेँ न कसैले बुझाए बस् हेर्ने सुन्ने र बिर्सने मात्र भयो । २०५५ भाद्र २७ गते बुवा को निधन भएपछि बिस्तारै ब्यबसाय को जिम्मेवारी मेरो भाग मा पनि पर्यो । म दैनिक पसलमा समय बिताउन थालें । त्यति बेलासम्म मैले यसरि सामाजिक जीवन मा आउने सोचेको पनि थिएन । पसल मा बस्दा बस्दा धेरै थरी का मान्छे हरु संग भेटघाट भयो । सबैले बुवाको बारेमा कुरा गरे को सुनेपछि पो मेरोबुवा यस्तो मान्छे हुनुहुँदो रहेछ भन्ने थाहा भयो ।त्यहिँ बसेर समचार पढ्ने ,सुन्ने ,हेर्ने,तथा बिभिन्न मान्छे हरु को कुरा कानि सुन्ने गर्दा गर्दै बिस्तारै म मा पनि सामाजिक काम गर्ने बुवाको अधुरो सपना पुरा गर्ने चाहना जागेर आयो । उपत्यका को तत्कालिन आवस्था मा अति जटिल मोड मा रहेको गैर न्यायिक सडक विस्तार लाई रोकेर पिडित लाई न्याय दिलाउनु पर्ने आवस्याकता महसुस गरी अन्य साथिभाई संग पनि सल्लाह गरी उपत्यकाब्यापि सडक बिस्तार पीडीत शंघर्ष समीति बनाएर यो अभियान मा होमिए को हो ।


तपाई आफुलाई एक स्वतन्त्र नागरिक अभियान्ता भन्दै गर्दा यसो भन्न सकिने आधार हरु चैँ के छ?


अरुले सरसर्ति हेर्दा मलाई अहिले सरकारमा रहेको नेकपा त्यसमाथि पनि केपि ओलि कै मान्छे भन्दारहेछन् । भन्नु स्वभाविक पनि हो । मेरो बुवा एमाले को सकृय मान्छे हो । अहिलेको सम्माननिय राष्ट्रपति र तत्कालिन एमाले महासचिव भुमिगत काल पछि मरै घर बाट सार्वजानिक भएका हुन ।अहिले पनि तपाई आफैले सोध्न सक्नु हुनेछ तत्कालिन एमालेका कुन चैं त्यस्ता होलान जसले मेरो बुवा जीवनराज मानन्धर लाई नजिकै बाट नचिनेको होला । बुवाको स्मृतिमा एउटा किताब पनि प्रकाशन भएको छ ।त्यो जीवन एक : ब्यक्तित्व अनेक भन्ने किताब पढ्नु भयो भने सबै कुरा छर्लङ्ग हुनुहुन्छ । पारिवारीक आस्था कम्युनिष्ट नजिक भए पनि आज सम्म कुनै पनि पार्टि को सदस्यता लिएको छैन । कम्युनिष्ट पार्टि सरकार मा गएपछि को उपत्यका बासि माथि गरिएको अन्यायले त झन कुनै पनि पार्टि प्रति बिस्वास लागेको छैन । उपत्यकाको कुनै पनि समस्या मा हामि कुनै पार्टिगत भन्दापनि आफ्नो समुदाय र पीडीत हरुको माग लाई हेरेर न्यायोचित कार्य गर्न सरकार लाई दवाब दिने गरेका छौं। कसैलाई म माथि संका लाग्छ भने सिधै मसंग कुरा गर्न सक्नु हुने छ । कृपया पछाडी कुराकाट्ने काम नगर्नु होला । पार्टी कै झोला बोक्ने हो भने त म घमण्डका साथ भन्छु यसरि सडक मा आउनु पर्ने आवस्यकता नै छैन ।


उपत्यकामा तपाईले नेतृत्व गरेका संघर्षहरुले कत्तिको उपलब्धि हासिल गरेका छन् ?


मैले शुरुमै नेतृत्व गरेको संघर्ष को कार्यक्रम भनेको गैर न्यायिक सडक बिस्तार लाई रोक्नु थियो । त्यो कार्य मा हामि सफल भएको नै मान्नु पर्छ । हामिले सडक बाट मात्र आन्दोलन गरेका थिएनौं सडक को साथै कानुनि उपचार को लागि संग संगै अदालत पनि गयौं। अदालत ले गैर न्यायिक सडक बिस्तार रोक्न धेरै ठाउँ मा निशेधाग्या जारि गरेर उपत्यकाको स्वबासि तथा मुल बासि को मर्म लाई केहि हदसम्म न्याय दियो तर उपत्यकालाई सकाउन लागेका माफिया हरु को समुह ले जवरजस्ती कार्य अगाडि बढाउँदै अदालत को समेत धज्जि उडाएर यहाँका स्वबासि स्वबासि बिचमा द्वन्द चर्काएर आफ्नो लुट को राज्य चलाउन खोजिरहेका छन्। यति बेला उपत्यका को नेवा: समुदाय २ भाग मा बिभाजन भएका छन् । एक पक्ष सरकार संग मिलेर उपत्यका को महत्व पुर्ण भु भाग , संस्कृति र सम्पदा समेत लाई आफ्नो पद को लागि बन्धकि राख्न तयार भएका छन भने एउटा पक्ष परापुर्व काल देखि को काठ्माण्डौ उपत्यकाको कला , सम्पदा ,संकृति र बाँकि रहेको कृषियोग्य जमिन बचाउने र उपत्यका लाई आधुनिक सांस्कृतिक शहर को रुप मा बिकास गरि यहाँ का स्वबासि र मुल बासि तथा नेवा: समुदाय लाई बिस्तापन हुन बाट रोक्ने अभियान मा लागेका छन्। हामिले दोश्रो मुद्धा को नेतृत्व गरिरहेका छौ।एक पछि अर्को गर्दै अभियान हरु आम उपत्यकाबासि को मन मा बस्न सफल भएको छ ।यो राज्य सत्ता ले फुटाउ र सासन गर को निति हामि नेवार समुदाय मा लगाएको कुरा अब सबै ले बुझिसके का छन् आफ्नो मति बिगारेर आफ्नै समुदाय को बिरुद्ध मा लागेका साथिहरु पनि बिस्तारै आफ्नै समुदाय को हित मा बनेको यो अभियान मा फर्कनु को बिकल्प नै छैन ।आन्दोलन को सफलता संगै सबै जना एकैठाउँ मा हुने मा म बिस्वस्त छु । हाम्रो आन्दोलन सफलता उन्मुख रहेको पनि जानकारि गराउन चाहान्छु ।


पछिल्लो समय चर्चा मा रहेको बालाजु बाईपास सडक बिस्तार को खास कुरो चै केहो? सुनिन्छ त्यहाँ का स्थानिय बासिन्दा हरु ले तपाई हरु लाई बिकास बिरोधि भन्छन् रे त?


देशै भरि गरिएको गैर न्यायिक सडक बिस्तार कै निरन्तरता हो यो बालाजु को घटना पनि । हामि माथि लागेको बिकास बिरिधि को आरोप लाई म ठाडै अस्विकार गर्छु । हामि बिकास बिरोधि हुँदै होईनौ हामिले त कसैलाई पनि बिस्तापित हुने गरिएको बिकास को मात्र बिरोध गरेका हौं। बालाजु को कुरा त झन स्प्रस्ट छ। त्यहाँ सेन्टर बाट ७ ७ मिटर दुवै तर्फ लिएर बाटो पिच गर्ने सहमति लाई तोडेर बर्षौँ देखि बस्दै आएका स्वबासि हरु को घर हटाएपछि यो अबस्था आएको हो । पीडीत हरु ले न्यायको ढोका ढक्ढकाउदै सर्वच्व अदालत सम्म पुगेर अदालत ले काम रोक्ने आदेश दिँदा पनि जबरजस्ति काम गर्न खोज्ने उनिहरु, प्रहरी प्रशासन लागाएर बल प्रयोग गर्ने उनिहरु , सहमति गरौन त भन्दा पेल्न खोज्ने उनिहरु अनि हामि चै टुलुटुलु हेरेर बस्नु । शान्ति पुर्ण रुपमा आन्दोलन गर्न पनि नपाउने । कस्तो बल मिच्याई हो यो ।म फेरि पनि भन्छु एउटा नेवार ले अर्को नेवार लाई हेप्दा पेल्दा र नेवार नेवार फुट्दाफाईदा कस्लाई हुन्छ ?


आम पाठक हरु लाई अन्त मा केहि भन्नु छ त?


म राजनिति गरेर आएको मान्छे पनि होईन । धेरै बोल्न पनि आउदैन । आफ्नै समुदाय को मान्छे हरु बिरुद्ध मा बोल्दा अफ्ठ्यारो महसुस भएकै हो तर के गर्नु उनिहरु ले कैले बुझेनन ।आफुलाई पर्दा चै आकाशै खसेजस्तो गर्ने छिमेकिलाई पर्दा चुईक्क नबोल्ने हाम्रै समुदाय को कमजोरि छ । यस्तै हो भने उपत्यका का नेवार हरु लाई आन्तरिक आप्रवासि हरु ले लखेट्ने छन् ।पन्चायत देखि अहिले सम्म आउदा राणा हरु हराएझैँ नेवा समुदाय पनि हराउला कि भन्ने डर सदैभरि लागिरहन्छ । उपत्यका को मौलिकता जोगाउन नेवा एकता अनिवार्य छ तसर्थ आफ्नो ब्यक्तिगत स्वार्थ बाट माथि उठेर समाज र देश् को लागि केहि गरौ भन्न चाहान्छु ।


धन्यावाद !

+ posts
Language »