सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेविसंघका विद्यार्थीले त्रिवि उपकुलपतिको कुर्सी जलाए, त्रिविको कार्यालयमा तालाबन्दी

काठमाडौं / असार १०

नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. धर्मकान्त बास्कोटाको कुर्सी जलाएका छन् ।

त्रिविका रजिस्टार पेशल दाहालका अनुसार बुधबार दिउँसो पुगेको नेविसंघ विश्वविद्यालय इकाइको एक टोलीले उपकुलपतिको कुर्सी सडकमा लगेर जलाएका हुन्।

नेविसंघको टोलीले त्रिविको उपकुलपति, रेक्टर र रजिस्टारको कार्यालयमा तालाबन्दी पनि गरेको छ । त्रिवि अन्तर्गतका विभिन्न संकायको डीन र क्याम्पस प्रमुख नियुक्ति गर्दा नेकपा समर्थकमात्र नियुक्त गरेको भन्दै नेविसंघले विरोध गर्दै आएको थियो ।

नेविसंघको विश्वविद्यालय इकाइका अधयक्ष हरि आचार्यले तालाबन्दी गर्न जाँदा दुव्र्यवहार भएकाले विद्यार्थीहरुले कुर्सी जलाएको प्रतिक्रिया दिए । ‘तालाबन्दी गर्न जाँदा मिस बिहेब भएछ, आक्रोशित विद्यार्थीले भीसीको कुर्सी पनि जलाएछन्’ उनले भने ।

भर्खरै

सम्बन्धित खबर

Language »