सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पछिल्लो २४ घण्टामा ६७१ जना संक्रमित थपिए,नेपालमा कोरोना संक्रमितको संख्या ७ हाजार ८४८ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या हालसम्मकै उच्च दरले वृद्धि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधिमा ६ सय ७१ जना संक्रमित थपिएका छन्। यो सहित कुल संक्रमित ७ हजार ८४८ पुगेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ६ सय ७१ संक्रमित थपिएको जानकारी दिए।कोरोना संक्रमितको हालसम्मकै यो उच्च संख्या हो ।

पछिल्लो २४ घण्टामा १९ जना पुरुष कोरोनामुक्त भएका छन्। उनका अनुसार हालसम्म १ हजार १ सय ८६ जना कोरोनामुक्त भई विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्।

त्यस्तै हालसम्म २२ जना मृतकमा कोरोना संक्रमण पुष्टि भएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »