सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पहिरोसँगै बस भीरबाट खस्दा एक जनाको मृत्यु, ६ जना घाइते

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दाउन्नेमा पहिरोका कारण बस भिरबाट खस्दा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित विश्वकर्मा मन्दिरनजिक सडकमा खसेको पहिरोका कारण बस भिरबाट खसेको हो।

दुर्घटनामा बसका यात्रु रुकुमपश्चिम आठबीसकोट गाउँपालिका–१० का २५ वर्षीय हरिषचन्द्र केसीको मृत्यु भएको प्रहरीले जनाएको छ।

बस भिरबाट खस्दा गम्भीर घाइते भएका केसीको उपचारका क्रममा गएराति पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो।

बिहीबार साँझ पूर्वबाट पश्चिमतर्फ गइरहेको ना५ख ७९४० नंको बस पहिरोका कारण सडकबाट करिब ३० फिट तल खसेको थियो।

पहिरोेका कारण बस खस्दा अन्य ६ जना घाइते भएका छन्। घाइते सबैको अहिले पुरानो मेडिकल कलेज भरपुरमा उपचार भइरहेको छ।

भर्खरै

सम्बन्धित खबर

Language »