सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पाल्पा पहिरो अपडेट : थप एउटा सव फेला, मृत्यु हुनेको संख्या ४ पुग्यो

काठमाडौँ / ९ असार

पहिरोमा पुरिएको अवस्थामा झापाको शिवसतासी नगरपालिका–८, झिलेझिले बुद्धचोकका १८ वर्षीय कुमार तामाङको शव फेला परेको छ ।

नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीले एक जना व्यक्ति हराइरहेको भन्ने सूचनाका आधारमा खोजी गर्दा पहिरोमा माटोले पुरिएको अवस्थामा मंगलबार शव फेला परेको हो ।

तानसेन–रिडी सडक खण्डमा सोमबार खसेको पहिरोले चार सवारी साधन बगाउँदा हराएकामध्येकै थप एक जनाको शव भेटिएको प्रहरी नायव उपरीक्षक मदन गिरीले बताए । मृतक सबै गुल्मीको एक निर्माण कम्पनीमा काम गर्ने हुन् । पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या चार पुगेको छ ।

तानसेन नगरपालिका–११, सम्मोबारीमा पहिरोमा पुरिएर सोमबार ३ जनाको शव फेला परेको थियो । दुई जनाको घटनास्थलमै र एक जनाको मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

भर्खरै

सम्बन्धित खबर

Language »