सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पु:न थपिए १० संक्रमित, नेपालमा कोरोना संक्रमित संख्या २९१ पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमित व्यक्तिहरुको संख्या २ सय ९१ पुगेको छ । आइतबार रौतहटमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएपछि नेपालमा संक्रमितको संख्या २ सय ९१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनीहरू सबै राैतहट निवासी रहेकाे मन्त्रालयकाे भनाइ छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशाला, काठमाडाैँमा गरिएकाे परीक्षणबाट उनीहरूमा काेराेना संक्रमण पुष्टि भएकाे हाे । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार थप १० जना संक्रमित सबै रौतहटका हुन् । राजपुर नगरपालिका फरहदा–९ निवासी १८, ३२, ३६, ३९, ३९, ४२, ४८ वर्षीय पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।

रौतहटकै इशनाथ नगरपालिका ३ र ५ नम्बर वडाका २८, ३० र ३३ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको डा. अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । उनीहरुको कोरोना परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको थियो । हालसम्म उनीहरूको स्वास्थ्य सामान्य रहेको मन्त्रालयले जनाएको छ ।
थपिएका दशै जना पुरूष रहेकाे मन्त्रालयकाे भनाइ छ । उनीहरूकाे स्वास्थ्य अवस्था अहिलेसम्म सामान्य रहेकाे छ । हालसम्म ३६ जना भने निकाे भइसकेका छन् र ३२० आइसोलेसनमा रहेका छन् ।

शनिबार नेपालमा पहिलाेपटककोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको थियो । मृतक सिन्धुपाल्चोकको बाह्रबिसेकी २९ वर्षीया महिला हुन् ।

भर्खरै

सम्बन्धित खबर

Language »