सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पुन: स्थगित भयो उद्योग वाणिज्य महासंघको चुनाव

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको यही २५ र २६ गते हुने भनिएको निर्वाचन स्थगित भएको छ ।

बिहीबार बसेको पदाधिकारी बैठकले निर्वाचन स्थगित गरेको हो।

वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले केहि पूर्व अध्यक्षहरु समेत सहभागी पदाधिकारी बैठबले तत्कालका लागि चुनाव स्थगित गर्ने निर्णय गरेको बताए ।

उनले सरकारले अहिले सभासम्मेलन, भोजभतेर लगायतका कार्यक्रमहरु गर्न रोक लगाएको कारण चुनाव सार्नु परेको जानकारी दिए।

पदाधिकारी बैठकले गरेको यो निर्णयको चन्द्र ढकाल समूहले भने विरोध गरेको छ । ढकालले तोकिएकै समयमा चुनाव नगरेर सारिनु गलत भएको बताए ।

ढकाल पक्षकै उपाध्यक्ष उमेशलाल श्रेष्ठले जिम्बेवारीबाट भाग्न चुनाव सारिएको बताए ।

वरिष्ठ उपाध्यक्षलाई मुख्य पद मानी अर्को निर्वाचन हुनुपर्ने हो । विभिन्न पदका लागि चैत्र २८ र २९ गते निर्वाचन हुनुपर्ने थियो ।

तर चैत्र ११ गतेबाट सरकारले लकडाउनको घोषणा गरेपछि निर्वाचन स्थगित भएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »