सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पूर्वडिआइजी रञ्जनको मुद्दामा आज सुनुवाइ हुने

काठमाडौं । सशस्त्र प्रहरीका पूर्वडिआइजी रञ्जन कोइरालाको मुद्दामा सर्वाेच्च अदालतको फैसलाउपर परेको पुनरावलोकन निवेदनमाथि आइतबार सुनुवाइ हुने भएको छ ।

उनको कैद कटौती गर्ने सर्वाेच्चको फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले बिहीबार दर्ता गरेको पुनरावलोकन निवेदन आइतबारका लागि पूरक पेसीमा चढिसकेको छ ।

फैसलामा गल्ती भएको लागेमा सर्वोच्चको पूर्ण इजलासले पुनरावलोकनको निस्सा अर्थात् अनुमति दिनेछ । निस्सा नदिएमा यो मुद्दा यहीँ समाप्त हुनेछ ।

महान्यायाधिवक्ताको कार्यालयका अनुसार ‘सर्वोच्च अदालतबाट स्थापित नजिर वा कानुनी सिद्धान्तको प्रतिकूल फैसला वा अन्तिम आदेश भएको देखिएकाले’ पुनरावलोकनको निवेदन दिइएको हो । विगतमा यसरी पुनरावलोकनबाट कतिपय ठूला मुद्दाका फैसला उल्टिएका छन् ।

आइतबार यो निवेदनउपरको सुनुवाइ हुनेछ । सर्वोच्च अदालतले जनाएअनुसार पहिले हेरिसकेका सातजनाबाहेकका न्यायाधीशले निस्सा दिने वा नदिने निर्णय गर्नेछन् ।

सर्वोच्च अदालत नियमावली, २०७४ को नियम २७ ले पुनरावलोकनका लागि छुट्टै इजलास गठन हुनुपर्ने भन्छ । यसअनुसार पहिले फैसला गर्नेभन्दा बाहेकका न्यायाधीशको इजलासले हेर्नुपर्ने हुन्छ ।

हाल सर्वोच्चमा प्रधानन्यायाधीशसहित १९ न्यायाधीश छन् । निस्सा दिइएमा सर्वोच्चका बाँकी नौजनाले मात्र यो मुद्दाको सुनुवाइ गर्नेछन् । पुनरावलोकनमा सुनुवाइ मात्र हुन्छ भने यसका लागि निस्सा दिइए मात्र कोइरालालाई म्याद तामेल गर्ने, तारेखमा बोलाउने र बहस गर्ने प्रक्रिया हुुन्छ ।

भर्खरै

सम्बन्धित खबर

Language »