वडाध्यक्ष वाहिद हुसेन हल्वाईद्वारा दुई सय ५० घर पारिवारलाई बिरयानी बितरण


नेपालगन्ज,पूर्व समाजवादी पार्टी बाँके,नेपालगन्ज उप महानगरपालिका वडा नं २ का वडा अध्यक्ष वाहिद हुसेन हल्वाईले रोजा अफतारीका लागी दुई सय ५० घरपारिवारलाई बिरयानी बितरण गर्नुभएको छ ।


ईस्लाम धर्मको पवित्र पर्व रमजान चलि रहेको समयमा रोजा अफतारीका लागी नेपालगन्ज उपमहानगरपालिका वडा नं २ का युवाहरूको सहभागितामा रोजा अफतारीका लागी २ सय ५० जनालाई बिरयानी वितरण गरिएको थियो ।


सो बिरयानी बितरण कार्यक्रममा वडा नं २ का अबिद हुसेन हल्वाई ,शगीर हल्वाई ,अजिब हल्वाई लगायतको सहभागिता रहेको पूर्व समाजवादी पार्टी बाँके, नेपालगन्ज उप महानगरपालिका वडा नं २ का वडा अध्यक्ष वाहिद हुसेन हल्वाईले बताउनु भएको छ ।

+ posts
Language »