सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पेसागत सुरक्षाको माग गर्दै पत्रकारहरूद्वारा प्रदर्शन

काठमाडौं / १९ असार
कोरोना भाइरसको बहानामा पत्रकारहरूलाई जबर्जस्ती कामबाट निकाल्ने, काममा अवरोध गर्ने तथा बेतलबी बिदामा बस्न बाध्य बनाउने प्रवृत्ति बढेपछि पत्रकारहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । पत्रकारको पेसागत सुरक्षाको माग गर्दै नेपाल पत्रकार महासंघको अगुवाइमा काठमाडौंको बबरमहलमा प्रदर्शन भएको हो ।

सो क्रममा कोरोना महामारीको बहानामा कामबाट निकाल्न नपाइने, पेसागत सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने, समयमा नै पारिश्रमिक उपलब्ध गराउनुपर्नेसहितका माग उल्लेख गरेका प्लेकार्डसमेत पत्रकारहरूले बोकेका थिए ।

प्रदर्शनपछि आयोजित कोणसभामा नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले मिडिया सञ्चालकले श्रमिकमाथि गरेको शोषणका विरुद्ध सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।

उनले सञ्चारलाई उद्यम र व्यवसाय मान्ने हो भने नाफा र घाटा व्यहोर्न सक्ने सामर्थ्य राख्नुपर्ने भन्दै उनले श्रमिकमाथिको शोषण तत्काल बन्द गर्न आग्रह गरे ।

कोणसभामा अन्य विभिन्न पत्रकार संगठनका नेताहरूले समेत सम्बोधन गरेका थिए । उनीहरूले पत्रकारको पेसागत सुरक्षाका लागि निर्णायक संघर्षमा उत्रिनुपर्ने अवस्था देखापरेको भन्दै मिडिया सञ्चालकहरूलाई श्रमजीवीमाथि गरिएको व्यवहार सच्याउन आग्रह गरे ।

भर्खरै

सम्बन्धित खबर

Language »