सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पोखरामा काकाबाट बलात्कृत १४ वर्षीया बालिकाले बच्चा जन्माइन्

काठमाडाैं। २१ वर्षका काकाले भतिजीलाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ । आफ्नै काका नाता पर्नेबाट बलात्कृत छोरीले पेट दुख्यो भनेपछि बाबुआमाले अस्पताल पुर्‍याए । चिकित्सकले परीक्षण गर्ने क्रममा उनी गर्भवती भएको खुल्यो ।

उनले भदाै २८ मा पोखराकै एक अस्पतालमा बच्चा जन्माइन् । बच्चा जन्मिएपछि मात्र घटना सार्वजनिक भएको हो ।

कास्की प्रहरीका अनुसार गत मंसिरको पहिलो साता ती युवा पोखरा आएका थिए । पुस २ को राति साढे ९ बजेतिर कोठामा कोही नभएको मौका छोपेर काकाले भतिजीलाई जबर्जस्ती गरेको खुलेको छ । ‘करिब एक महिना बसेर काका सर्लाही नै फर्किएछन् । बालिकाले आफूमाथि भएको जबर्जस्तीबारे कसैलाई पनि भनिनछिन् । बाबुआमाले पनि थाहा पाएनछन् ।

बालिकाको पेट बढेको खासै वास्ता नभएको र यसलाई लिएर कुनै शंका गर्ने कुरा पनि नभएको अभिभावकले बताएका छन् ।

पीडित परिवारले गत भदौ २९ मा कास्की प्रहरीमा हाडनातामा जबर्जस्ती करणीसम्बन्धी उजुरी दिएको छ । आरोपित युवालाई कास्की प्रहरीले सर्लाही प्रहरीको समन्वयमा आइतबार पक्राउ गरेर ल्याएको छ ।

मुलुकी अपराध संहिता २०७४ को दफा २१९ उपदफा ३ ‘ग’ अनुसार १४ देखि १६ वर्ष उमेर समूहकी बालिका बलात्कृत भएमा १२ देखि १४ वर्षसम्मको कैदको व्यवस्था छ । हाडनाताभित्र करणी गर्नेलाई थप ३ देखि ६ वर्षसम्मको कैद हुने कानुनी प्रावधान रहेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »