सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

पोलिमर नोट प्रकरणमा मुछिएका पूर्वगभर्नर रावलसहित तीन जनालाई सफाइ

काठमाडौँ / ३१ असार ।
विशेष अदालतले पोलिमर नोट प्रकरणमा मुछिएका पूर्वगभर्नर तिलक रावलसहित आरोपी तीनै जनालाई सफाइ दिएको छ।

अदालतले रावलसहित नेपाल राष्ट्र राष्ट्र बैंकले तत्कालीन नोट विभाग प्रमुख उपेन्द्रकेशरी पौड्याल र नोट प्रिन्टिङ अस्ट्रेलियाका स्थानीय प्रतिनिधि हिमालयबहादुर पाँडेलाई सफाइ दिएको हो ।

अदालतले शङ्काकै आधारमा मात्र दोषी कायम गर्नु गलत हुने र अभियोग दाबीलाई प्रमाणले समर्थन नगरेको भन्दै तीनै जनालाई अदालतले सफाइ दिएको हो।

विशेष अदालतका अध्यक्ष शिवराज अधिकारी र सदस्यद्वय बालेन्द्र रुपाखेती तथा शान्तिसिंह थापाको संयुक्त इजलाशले पोलिमर नोट प्रकरणमा तीनै जनालाई सफाइ दिएको हो।

राष्ट्र बैंकले १० रुपैयाँ दरका पाँच करोड थान पोलिमर नोट छापेको थियो। तर, ती नोट छाप्दा गुणस्तर कायम नगरेको, अस्ट्रेलियाको स्थानीय एजेन्टमार्फत आर्थिक लेनदेन गरेको, गैरकानुनी मिलेमतो गरी भ्रष्टाचार गरेको दाबीसहित उनीहरुविरुद्ध अख्तियारले जनही ९१ लाख ९ हजार बिगो दाबी गरी २०७५ पुस ५ गते मुद्दा दायर गरेको थियो।

भर्खरै

सम्बन्धित खबर

Language »