निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

spot_img

प्रतिपक्षी दल जसरी भ्रष्टाचारीको पक्षपोषणमा लाग्दैनौं,माइतीघर मण्डलामा तमासा देखाउँदैनौंः सांसद गंगा बहादुर दाेङ (बम्ध्वज)

नमोबुद्ध । काभ्रेको ऐतिहासिक धार्मिकस्थल नमोबुद्धमा सोमबार पुजापाठ,शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रमका साथ ल्होछार उत्सव भयो । ‘हामी चिनाउँछौं हाम्रो नमोबुद्ध, हामी बनाउँछौं हाम्रो नमोबुद्ध’ भन्ने मुल नाराको साथ नमोबुद्ध विकास मञ्चद्धारा आयोजित उत्सवको संघीय सांसद गंगाबहादुर दोङ(बमध्वज)ले उद्घाटन गर्नुभएको हो ।

काभ्रेबाट नमाेबुद्ध अनलाइनका पत्रकार जगत दाेङले दिएकाे जानकारी अनुसार कार्यक्रमलाई सम्बोधन गर्दै सांसद दोङले नमोबुद्धको सांस्कृतिक पर्यटन प्रवद्र्धनका लागि सकारात्मक सन्देश प्रवाहमा यसखाले कार्यक्रमको महत्वपूर्ण भुमिका रहने बताउनुभयो । ‘नमोबुद्धको पहिचान थप उचाईमा पुर्याउन सके सांस्कृतिक पर्यटन प्रवद्धन हुन्छ ।’ उहाँले भन्नुभयो–‘मुलुक समृद्ध हुन विविध भाषाभाषीका सांस्कृतिक आस्थालाई अझ बलियो बनाउने खालका कामहरु गर्न जरुरी हुन्छ,यो यस्तै प्रकृतिको कार्यक्रम हो भन्ने लाग्छ ।’

स्थानिय पर्यटनको विकासमा सवालमा यहाँका बाटो पक्की बनाउने,परातात्वीक क्षेत्रको संरक्षण,रैथाने संस्कृति र जीवनशैली उकास्ने खालका योजनाहरु अघि बढिरहेको उहाँले जानकारी दिनुभयो । सांसद बमध्वजको प्रतिवद्धता छ –‘हालको प्रतिपक्षी दल जसरी भ्रष्टाचारीको पक्षपोषणमा लाग्दैनौं,माइतीघर मण्डलामा तमासा देखाउँदैनौं, गलत काम गर्ने न्यायिक कठघरामा उभिन्छन्,हाम्रो नेकपा विकासकै काममा लागिरहन्छ ।’

फरक प्रसंगमा उहाँले काभ्रेको नेतृत्व सञ्चारमन्त्री गोकुल बाँस्कोटा विकासवादी नेता भएको उल्लेख गर्दै उहाँलाई लागेको आरोप गलत सावित हुने ठोक्कुवा गर्नुभयो ।

संविधानसभा सदस्य रामहरि सुवेदीले नमोबुद्धसम्म पिच बाटो बनाउने आफ्नो पालादेखीको सपनाले मुर्त रुप लिदै गएको बताउनुभयो । त्यस्तै संविधानसभा सदस्य तथा पूर्व उर्जा राज्य मन्त्री सुर्यमान दोङ(लालध्वज)ले नमोबुद्धको विकासमा सबैलाई एक ठाउँमा ल्याउने वहुलताभाव सबैमा पैदा होस् भन्ने शुभकामना व्यक्त गर्नुभयो ।

समृद्ध नेपालको परिकल्पना नेकपा सरकारले पूरा गर्ने दावी गर्नुभयो । उहाँले भन्नुभयो–‘बाहिर आएजस्तो निराधार हल्लाको पछि नलागौं,नेकपा सरकार सुशासनकै पक्षमा लागिरहेको छ, जसबाट समृद्धी सम्भव छ ।’

नगर प्रमुख टिपी शर्माले नमोबुद्धको विकासमा गुरुयोजना निर्माण थालिएको जानकारी दिनुभयो । यहाँको परातात्वीक चैत्य निर्माणको जिम्मा हालै पुरातत्व विभागले लिएको उल्लेख गर्दै उहाँले यहाँको सांसकृतिक संरचना,बाटो,पानी लगायतका पूर्वाधारका लागि यो वर्षमात्रै ३ करोड भन्दा बढि बजेट खर्च गर्ने बताउनुभयो ।

तामाङ समुदायको २८५६ नमोबुद्ध नाम्युङ सोनाम ल्होछारको अवसरमा गरिएको कार्यक्रमबाट मनोरञ्जनका साथै नमोबुद्धको विकासमा प्रतिवद्ध बनाउन मद्धत पुगेको मञ्चका अध्यक्ष राकेश लामाले बताउनुभयो ।

कार्यक्रममा पूर्व राज्यमन्त्री रेशम लामा,नेकपा जिल्ला नेता इन्द्र तामाङ,दैवलाल घिसिङ,वडाध्यक्ष कृष्ण लामा लगायतले पनि शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।

उत्सवको रौनकता
नमोबुद्ध परिसरमै आयोजित कार्यक्रम नेताहरुको भाषणमुखिभन्दा सांस्कृतिक उत्सवमयनै रह्यो । लामाहरुको मन्त्रोच्चारण तथा छ्युमे बत्ति बाल्दै सुरु गरिएको कार्यक्रममा बोल्ने प्राय बक्ताले नमोबुद्धलाई विश्वसामु थप चिनाउनुपर्नेमा जोड दिए ।

स्थानिय बालप्रतिभा स्वर्णीम तामाङले आनिछोईङ डोल्माको ‘फूलको आँखामा फूलै संसार’ गीतद्धारा स्वागत गरिएसँगै सांगीतक माहौलले लय समातेको थियो ।

नमोबुद्ध श्यामपाट्टी,दाप्चा,धुलिखेल,शंखु पनौती लगायतका ठाउँबाट आएका सहभागिहरुलाई विशाल थिङले नचाउन सुरु गरे ।
ग्याल्बो ल्होछारको समेत सन्दर्भ परेको कार्यक्रममा बोन्बो झाँकी थप आकर्षण बन्यो ।

सोमबारनै उद्घाटित नमोबुद्ध भगवान घ्याङ्ग गुठि व्यवस्थापन समितिको नव निर्मित भवन छेउको स्तुपमा बोन्बोहरुले फन्को मारेको दृश्यले बाहिरी पर्यटकहरुको समेत ध्यान तान्यो । जसबाट बोन्इजम र बुद्धिजम् संस्कृतिको मिश्रित तामाङ जीवनशैली सहजै झल्किन्थ्यो ।

साँझ ढल्किै जाँदा ‘नाउँ त मेरो अक्कले’ गीत गाउने सुवास मोक्तानसँग दर्जनौं तन्नेरीदेखी बुढापाका झुम्मिसकेका थिए । यस्तो माहौललाई चर्चित सेलो गायक सञ्जीव वाईबा,गायिका शशिकला मोक्तानले झनै उचाई दिए । कलाकार द्धयले जाडो है महिना तोङबाले,हल्का हल्का लगायतका चल्तीका गीतहरु प्रस्तुत गरेका हुन् ।

पछिल्लो समय तामाङ गीत संगीतमा छाउँदै गरेकी सिर्जना तामाङ लगायतका कलाकाहरुलाई पनि दर्शको साथ कम थिएन ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »