सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

प्रदेशसभा २ का ५ जाना मर्यादापालक र मन्त्रीका स्वकीय सचिवलाई कोरोना संक्रमण

जनकपुरधाम। प्रदेश २ का आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा यादवको स्वकीय सचिवमा कोरोना संक्रमण पाइएको हो । धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले संक्रमण पुष्टि भएको जानकारी दिए ।

आफ्नो स्वकीय सचिवमा कोरोनासम्बन्धी कुनै लक्षण नदेखिए पनि रिपोर्ट पोजेटिभ आएको राज्यमन्त्री यादवले बताइन् । उनलाई आइसोलेसनमा राख्ने तयारी भइरहेको उनले जानकारी दिइन् ।

प्रदेश २ को प्रदेश सभाको बैठक सञ्चालनअघि गत जेठ १६ गते प्रदेश दुईका प्रदेशसभा सदस्य, कर्मचारी, मर्यादापालक, व्यक्तिगत सुरक्षा गार्ड, चालकसहित ३ सय ४४ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो । रिपोर्ट आएकामध्ये ५ जना मर्यादापालक (प्रहरी) र मन्त्रीका स्वकीय सचिवसहित ६ जनाको पोजेटिभ देखिएको छ ।

सचिवालयकै कर्मचारीमा कोरोना पोजेटिभ भेटिएपछि बिहीबार ३ बजेका लागि बोलाइएको प्रदेश सभाको बैठक स्थगित गरिएको छ । बैठक स्थगित गरी प्रदेश सभालाई स्यानिटाइज गर्ने काम भइरहेको र शुक्रबार दिउँसो १ बजेका लागि बैठक आह्वान गरिएको छ ।

आज थपिएका यी संक्रमितमध्ये ५ जना प्रदेश नम्बर २को संसद सचिवालयमा कार्यरत मर्यादापालक हुन्।

भर्खरै

सम्बन्धित खबर

Language »