निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

spot_img

प्रदेश ३ को धुलिखेल नगरपालिकामा औद्योगिक ग्राम बन्दै

धुलिखेल ।  घरेलु तथा साना उद्योगमा लगानी आकर्षित गरी उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने उद्देश्यले प्रदेश ३ को धुलिखेल नगरपालिकासहित देशका ३२ पालिकामा औद्योगिक ग्राम बनाउने सम्झौता भएको छ ।

प्रदेश ३ को  धुलिखेल नगरपालिकामा औद्योगिक ग्राम बन्ने भएको हो । सम्झौता अनुसार संघीय सरकारले औद्योगिक ग्राम बनाउने पालिकाहरुलाई ९२ लाख रुपैयाँका दरले अनुदान दिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र सम्बन्धित पालिकाहरुबीच मंगलबार समझदारी पत्रमा हस्ताक्षर र चेक हस्तान्तरण भएको छ ।

समझदारी पत्र अनुसार पालिकाहरुले आफ्नै स्रोतबाट १५ दिनभित्र औद्योगिक ग्रामका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अध्ययन कार्य सुरु गरी तीन महिनाभित्र सोको स्वीकृत प्रतिवेदन मन्त्रालयमा बुझाइसक्नुपर्ने छ । पालिकाका प्रमुख प्रशासीय अधिकृतहरु औद्योगिक ग्रामको फोकल पर्सन तोकिएका छन् । पालिकाहरुले डीपीआर बनाउंदा औद्योगिक ग्राम घोषणा तथा सञ्चालन सम्बन्धी कार्यविधि २०७५को मापदण्ड अनुसार सेवा सुविधा उपलब्ध हुने आधारमा तथा वातावरणीय संवेदनशीलता र जियो हाजार्डयुक्त क्षेत्रको पहिचान गरी आधार नक्सा तयार गर्नुपर्ने छ ।

वातावरण संरक्षण ऐन २०७६ अनुसार वातावरणीय अध्ययन प्रतिवेदन तयार गरी स्वीकृत भएपछि औद्योगिक ग्राम निर्माणको काम अघि बढ्ने धुलिखेल नगरपालिकाका प्रमुख इन्जिनियर हरेराम हुमागाई ले बताए । औद्योगिक ग्राममा पहुँच मार्ग, जग्गा विकास ( ल्याण्ड पुलिङ) विद्युत प्रशारण लाइन, भूमिगत र सतही ढल, औद्योगिक फोहोर व्यवस्थापन र फोहोर पानी प्रशोधन संयन्त्र, प्रशासनिक भवन, बैंक तथा वित्तीय संस्था लगायतका पूर्वाधार बनाइनुपर्ने सम्झौतामा उल्लेख छ । औद्योगिक ग्रामभित्र उद्योगका उत्पादन प्रदर्शनी र बिक्री कक्ष, अग्नि नियन्त्रक, चमेना गृह, पार्किङ र आराम कक्ष पनि बनाउनुपर्ने छ ।

नगरपालिकाका प्रमुखले औद्योगिक ग्रामलाई बहुवर्षिय परियोजनाका रुपमा अघि बढाउनुपर्ने सुझाव मन्त्रालयलाई दिएको धुलिखेल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लुईटेलले जानकारी दिए । ‘हामीले एक वर्षअघि देखि नै वडा नम्बर १० स्थित बतासे डाडामा करिब २०० राेपनि भन्दा बढी जग्गा छुट्टाएर काम थालेका थियौं,’ धुलिखेल नगरपालिकाका प्रमुख तारानाथ लुईटेलले भने, ‘संघीय सरकारले ९२ लाख अनुदान दिएपछि हामी झनै उत्साहित भएका छौं ।’ औद्योगिक ग्राममा ठूला उद्योगभन्दा साना उद्योगले प्राथमिकता पाउने लुईटेलले बताए ।

कुल ग्राहस्थ उत्पादनमा उद्योगको योगदान बढाउन औद्योगिक ग्राम स्थापनाले टेवा पुर्याथउनेछ । हाल उद्योगको योगदान १५ प्रतिशत पनि छैन । औद्योगिक ग्राममा बिजुली, पानी, बाटोका पुर्वाधार हुनेछन्।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »