सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक,बैठक साँझ ५ बजे बालुवाटारमा बसिदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन्।उनले कोभिड १९ महामारी रोकथाम र नियन्त्रण तथा संविधान संशोधनको विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका हुन्।

साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरुलाई बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेताहरुलाई डाकिएको जनाइएको छ। बैठकमा निशान छाप संसोधनका लागि एकमत बनाउने प्रयास गरिने जनाइएको छ ।

काेराेना महामारी राेक्न जारी लकडाउन र यसले जनजीवनमा पारेकाे असर, हालै पारित नेपालकाे नयाँ नक्सा समावेश गर्नेगरी संविधान संशाेधन, सीमा विवाद हल लगायत विषयमा सरकारका अबका कदमबारे छलफल तथा दलहरुकाे सुझाव लिन बैठक बोलाइएको बालुवाटार स्राेतकाे भनाइ छ ।

यसअघि वैशाख ३१ गते प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएका थिए।

भर्खरै

सम्बन्धित खबर

Language »