सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

प्रधानमन्त्री ओलीका समर्थकलद्वारा माइतीघरमा प्रदर्शन

काठमाडौं।असार १८
प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा आज अपरान्ह काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ ।

विभिन्न प्लेकार्ड बोकेका प्रदर्शनकारीहरूले ओली सरकार ढाल्न पाइँदैन भन्दै प्रदर्शन गरेका हुन् ।

नेकपा स्थायी समिति बैठकमा केही नेताहरुले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीको राजीनामा मागेपछि प्रधानमन्त्रीका समर्थक सडकमा उत्रिएका हुन् ।

वर्तमान सरकारले राम्रो काम गरिरहेको तर केही नेताले आफ्नो स्वार्थ पूरा गर्न र भारतीय चलखेलका आधारमा ओली सरकार ढाल्न खोजेको उनीहरुको तर्क छ । वर्तमान सरकारलाई पूरा कार्यकाल काम गर्न दिनुपर्ने माग उनीहरुको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »