सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

प्रहरीमाथी आक्रमण गर्ने चिनियाँलाई मुद्दा चलाउने प्रहरीकाे तयारी (भिडियाे सहित)

काठमाडौँ । प्रहरीमाथि हातपात गर्ने ४ जना चिनियाँ नागरिकलाई अभद्र व्यवहारमा मुद्दा चलाउने भएको छ । घर फिर्तीको माग गर्दै ४७ जना चिनियाँ नागरिकले सिंहदरबार अगाडि धर्ना दिएका थिए । त्यसक्रममा उनीहरुले डीएसपी हरीबहादुर बस्‍नेतसहित प्रहरीमाथि हातपात गरेका थिए ।

हातपात गर्ने ४ जनालाई मुलुकी अपराध संहिता ऐन २०७४को अभद्र व्यवहार कसुरमा मुद्दा चलाएर बाँकी ४३ जनालाई रिहा गर्न लागिएको काठमाडौं प्रहरीका एसपी सोमन्द्र सिंह राठौरले बताए ।

नेपालीस्थित चिनियाँ दूतावासले पनि प्रदर्शनमा उत्रिका आफ्‍ना नागरिकमाथि कानूनी कारबाही गर्न प्रहरीलाई अनुरोध गरेको थियो । एसपी राठौरले हातपात गर्नेमाथि कानूनी कारबाही गर्न दूतावासका अधिकारीले पनि अनुरोध गरेको बताए ।

प्रदर्शनमा उत्रिएका ४३ चिनियाँलाई रिहा गर्न अहिले प्रहरीमा विवरण रुजु हुने काम भइरहेको छ । बाँकी ४ जनालाई महानगरी प्रहरी परिसर सिंहदरबारको हिरासतमा पठाइउन लागिएको एसपी राठौरले बताए ।

भर्खरै

सम्बन्धित खबर

Language »