सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बंगालको खाडीबाट आएको चक्रवातका कारण भारत र बंगलादेशमा ८४ जनाको मृत्यु

काठमाडाैँ । शक्तिशाली चक्रवात अम्पुनका कारण भारत र बंगलादेशमा आएको बाढी र पहिरो जाँदा ८४ जनाको ज्यान गएको छ । हिजो तटीय क्षेत्रमा चक्रवातका कारण तीव्र गतिमा चलेको हावा र वर्षाका कारण ८४ जनाको ज्यान गएको बीबीसीले जनाएको छ ।

अन्तराष्ट्रिय सञ्चारमाध्यकाे अनुसार भारतको पश्चिम बङ्गाल प्रदेशमा मात्रै ७२ जनाको मृत्यु भएको छ भने बङ्लादेशमा १२ जनाको मृत्यु भएको छ । कुल मृत्यु हुने मध्ये १४ जनाको प्रदेश राजधानी कलकत्तामा मात्रै मृत्यु भएको मुख्यमन्त्री ममता बनर्जीले जानकारी दिएका छन।

हजारौं रुख ढल्नुका साथै विद्यतु र टेलिफोन सेवा अवरुद्ध भएको छ । भारतको कोलकोत्तामा मात्रै सडकमा बाढी पसेको र एक करोड ४० लाख मानिसमा विद्युत आपूर्ति रोकिएको छ ।

बंगालको खाडीबाट आएको यो चक्रवात सन् १९९९ यताकै शक्तिशाली मानिएको छ । अहिले अम्पुनको प्रभाव विस्तारै कम हुँदै गएको छ ।

संयुक्त राष्ट्रसंघले एक करोड मानिस आँधिबाट प्रभावित भएको र पाँच लाख मानिसले घर गुमाएको जनाएको छ। घटनामा परेकाहरुको खोजी तथा उद्धार कार्य जारी रहेकाले मृत्यु भएकाहरुको सङ्ख्या अझ बढ्न सक्ने पनि राष्ट्रसंघको अनुमान छ।

भर्खरै

सम्बन्धित खबर

Language »