निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

spot_img

बज्र आर्य फाउन्डेसन नेपालको विधिगत उद्घाटन सम्पन्न

काठमाडौं । बज्र आर्य फाउन्डेसन नेपालद्वारा संचालित गुम्बाको अाज संघीय साँसद गंगा बहादुर दोङको प्रमुख आतित्थ्यतामा सम-उद्घाटन सम्पन्न भएको छ ।

गुरु अभयकार लामाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियोे ।

क्यानडियन नागरिक कसिम र नागरजुन नगरपालिका ५ का वडा अध्यक्ष महेश रिमाल विशेष अतिथिका रुपमा रहेका थिए भने गोरखा पत्र संस्थानका पूर्व अध्यक्ष गोविन्द पोखरेल लगाएत विभिन्न गुम्बाबाट अाएका लामा गुरुहरु अतिथिकारुपमा रहेका थिए।

उक्त गुम्बाले हाल सम्म विभिन्न गरीब तथा भुकम्प पीडित बालबालिकाहरुलाई लामा शिक्षा दिदै आईरहेको संस्थाका अध्यक्ष तथा गुरु अभयकर लामाले बताउनु भयो ।

संघीय साँसद तथा कार्यक्रमका प्रमुख अतिथि गंग बहादुर दोङले नेपाल र नेपालीहरुको एकता अनि सद्भावको मुख्य पुल मध्यमा बौद्ध धर्म पनि एक भएको हुनाले यसलाई सबैले मिलेर संरक्षण गर्नु पर्ने बताउनु भएको थियो ।
संस्थाले गरेको काम अतुलनिय रहेको हुनाले संघले गर्नुपर्ने सहयोगमा पछि नहट्ने बताउनु भएको छ ।

अाफ्नो वडा भित्र रहेका हरेक धर्महरुको संरक्षण गर्नु नै जनप्रतिनिधिहरुको दायित्व भएको हुनाले वडाले गर्नु पर्ने सहयोगमा पछि नहट्ने वडा अध्यक्ष महेश रिमाले प्रतिबद्धता व्यक्त गरेका छन् ।

अाफ्नो स्व- ईच्छाले दान गरेमा पुण्य कमाउन केही गर्नु नपर्ने संस्थाका सचिव कान्ति लामाले बताउनु भएकी छिन् ।

कार्यक्रममा क्यानडियन नागरिक कासिमको धेरै चर्चा भएको थियो ।
नेपालमा बौद्ध मार्गीहरु विशेष महत्त्वपूर्ण सम्मान हुने भएको हुनाले अाफुले पनि सकेको थोरै सहयोग गरेको क्याडियन नागरिक कासिमले बताउनु भयो ।


उहाँ भन्नुहुन्छ ” मलाई नेपाली संस्कार मन पर्छ त्यसमा पनि बौद्ध मार्गीहरु तर मेरो सद्भाव सबैमा हुने छन् ।”
उनले नेपालमा भुकम्प अाएयता धेरै सहयोग गर्दै अाएको पंक्तिकार सँगको संवादका क्रममा बताउनु भएको थियो ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »