निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

spot_img

बर्दियाको ठाकुरद्धारामा शिक्षक र सहजकर्तालाई प्रशिक्षक प्रशिक्षण

नेपालगन्ज, बाँके युनेस्को क्लबले बर्दिया जिल्लाको ठाकुरद्धारामा स्टीक एण्ड स्टोन प्रशिक्षक प्रशिक्षण सम्पन्न गरेको छ । प्लान इन्टरनेसनल नेपालको सहयोगमा क्लबद्धारा सञ्चालित रोकथाम पहिचान शिक्षा र रुपान्तरण परियोजना अन्तर्गत सो तालिम सञ्चालन गरेको थियो ।

चार दिने सो तालिममा बाँकेका ७ वटा विद्यालयका १४ जना शिक्षक र बर्दिया जिल्लाका बाल संरक्षण कार्यक्रम अन्तर्गतका १५ जना समुदाय सहजकर्ताको सहभागिता रहेको क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो ।

सो प्रशिक्षक प्रशिक्षणमा बालबालिकामाथि हुने दुव्र्यवहार तथा यौन शोषण, घरेलु हिंसा, लैंगिक हिंसा, बालविवाह, बालविभेद लगायत मानवबेचविखन रोकथामको बारेमा सहभागिलाई तालिम प्रदान गरिएको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो ।

उहाँले विद्यालयका शिक्षक र समुदायका सहजकर्ताले सो तालिम लिएपछि आ आफ्नो विद्यालय र समुदायमा यस बारेमा जानकारी गराएर सेचत पार्ने बताउनुभयो । तालिममा सहभागि शिक्षकहरुले यो तालिम निकै सकारात्मक रहेको जनाउँदै यसबाट बालअधिकारको संरक्षणमा ठुलो सहयोग मिल्ने बताएका थिए ।

सो तालिमको सहजकर्ता ईश्वर विक रहनु भएको थियो । युनेस्को बाँकेका वरिष्ठ उपाध्यक्ष पन्चम गुरुंगको अध्यक्षतामा भएको तालिमको समापन कार्यक्रममा क्लबका प्रमुख संरक्षक सिद्दिकीले तालिमका सहभागिलाई प्रमाणपत्र वितरण गर्नुभयो ।

सो अवसरमा क्लबका कोषाध्यक्ष फिरदौस जहाँ खान, कार्यकारी निर्देशक साजिद अली सिद्दिकी, फिल्ड सुपरभाइजर शंकरसिंह थारु र लेखा अधिकृत खिम थापा लगायतको उपस्थिति रहेको थियो ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »