सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बलात्कारको आरोपमा झुठो मुद्धा हाल्ने युवातिलाई एक महिना कैद सजायको फैसला

चितवन । चितवन जिल्ला अदालतले बलात्कार आरोपमा मुद्धा हाल्ने एक युवतीलाई वयान फेरेपछि एक महिना कैद र ६३ हजार रूपैया क्षतिपुर्तिवापतको रकम जरिवाना गर्ने फैसला गरेको छ ।

न्यायाधीश हेमन्त रावलको इजलाशले बलात्कार भयो भनेर आफैले दिएको जाहेरीविपरित अदालतमा बकपत्र गर्ने (होस्टाइल बनेकी ) एक महिलालाई एक महिना कैद र उनकै जाहेरीको आधारमा ७ महिना देखी थुनामा रहेका प्रत्यबादीलाई क्षतिपुर्तिबापत ६३ हजार जरिवाना भराउनुपर्ने फैसला गरेको हो ।

आरोपित युवक अदालतको आदेशमा ७ महिना अघिदेखि (२ सय १० दिन) जेलमा बसेको र प्रतिदिन ३ सय रूपैयाका दरले हुन आउने बराबरको रकम क्षतिपुर्तिवापत महिलाले तिर्नुपर्ने अदालतले फैसला गरेको हो ।

चितवनको रत्ननगर नगरपालीका वडा नम्बर ६ स्थित सौराहको नमुना भिलेज रिसोर्टको कोठामा गत कार्तिक २७ गते बलात्कार गरेको भन्दै युवतीले गत मंसीर १ गते जाहेरी दिएकी थिइन । जाहेरीको आधारमा पक्राउ परेका स्थानीय विवेक पंगेनी चितवन जिल्ला अदालतको आदेशपछि पुर्पक्षका लागी थुनामा थिए ।
१२ कक्षामा अध्ययनरत महिलाले अदालतमा वयान दिने क्रममा जबरजस्ती करणीको उद्ध्योग नगरेको र घटनास्थलको होटेलमा आफूहरू नगएको भनि जाहेरी ब्यहोरा प्रतिकूल हुने गरी अदालतमा बकपत्र गरेकी थिइन ।

तर उनको साथमा गएका अन्य २ जनाले भने जाहेरवाली र प्रत्यवादी होटेलको कोठामा गई लामो समय सम्म बाहिर नआएपछि आफूहरू फर्किएको भनि अदालतमा बकपत्र गरेका थिए । आरोपित पंगेनीले समेत आफूहरू होटेलमा बसेको तर करणीको प्रयास नगरेको बयान दिएको अदालतले जनाएको छ ।

फैसलामा अदालतको फैसला चित्त नबुझे ३५ दिनभित्र पुनरावेदन गर्न पाउने समेत न्यायाधीश रावलले गरेको फैसलामा उल्लेख छ ।

भर्खरै

सम्बन्धित खबर

Language »