निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

spot_img

बस दुर्घट्नामा परि घाइतेहरूकाे अवस्था बुझ्न सांघीय सांसद दाेङ र प्रदेशसभाका सांसद ढकाल हस्पिटलमा पुगे

काभ्रे । चौंरीदेउराली गाउँपालिका वडा नं. ४ छेडा स्थित भित्री कच्ची सडक खण्डमा बस दुर्घट्नामा परेका घाइतेहरूलाई सांघीय सांसद गंगाबहादुर दाेङ र प्रदेशसभाका सांसद रत्न ढकालले धुलिखेल हस्पिटलमा पुगेर स्वास्थ्य अवस्था बुझेका छन् ।

रामेछाप जिल्लको गुँरासे भन्ने स्थानबाट काठमाण्डौ तर्फ यात्रुहरु लिई आउदै गरेको बा।४।ख ७१०२ नं।को बस आज विहान १० बजे दुर्घट्ना भएको हो । दुर्घट्नामा परि ४० जना यात्रुहरु घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय, काभ्रेका सूचना अधिकारी डिएसपी कुमार विक्रम थापाका अनुसार उक्त वसले बिपरित दिशाबाट आउदै गरेको गाडीलाई साईड दिनको लागि व्याक गर्ने क्रममा सडक खण्डबाट अन्दजी १८ मिटर तल खसी दुर्घटना भएको थियो ।

दुर्घट्ना पश्चात स्थानियबासी र ईलाका प्रहरी कार्यालय कात्तिकेदेउराली र प्रहरी चौकी ढाँडखर्कबाट खटिगएको प्रहरी अधिकृत सहितको टोलीले घट्नास्थलबाट उद्दार गरेका थिए ।

डिएसपी थापाका अनुसार हाल ३८ जना यात्रुहरुको धुलिखेल अस्पताल धुलिखेल, १ जना नर्भिक अस्पताल थापाथली र १ जना ट्रमा सेन्टर काठमाण्डौमा उपचार भईरहेको छ ।


spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »