निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

spot_img

बहराइनबाट फर्किएको ४० दिनमा गोरखाका युवामा देखियो पोजिटिभ,थप परीक्षणका लागि स्वाबको नमुना पोखरा पठाइयो

गोरखा। र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) किटबाट गरिएको कोभिङ–१९ (कोरोना) परीक्षणमा गोरखा आरुघाटका एक युवामा पोजिटिभ देखिएको छ ।

आरुघाट गाउँपालिका–५ का एक ३१ वर्षीय यी युवा फागुन २३ गते बहराइनबाट फर्किएका थिए। उनको स्वाब परीक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाइएको छ। विदेशबाट फर्किएको ४० दिनपछि उनमा संक्रमण देखिएको हो।

किटबाट परीक्षण गर्दा पोजिटिभ देखिए पनि उनमा कोरोनाको लक्ष्यण नदेखिएको र युवा बिरामी पनि नभएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नारायण अर्यालले बताए।

आरुघाटमा विदेशबाट आएका सबैको परीक्षण गरिँदा उनको मात्रै पोजिटिभ देखिएको हो। उनीसँगै अर्का एक विदेशबाट आएका व्यक्तिको पनि स्वाब परीक्षणका लागि पोखरा पठाइएको छ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »