निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

spot_img

बहराइनमा ४९ नेपालीलाई काेराेना संक्रमित, अवैधानिकरूपमा बसेका नेपालीहरूका लागि थप…..

काठमाडाैँ । बहराइनमा रहेका ४९ जना नेपालीहरू काेराेना भाइरसबाट संक्रमित भएकाे नेपाल दुतवास बहराइनले विज्ञप्ति जारी गरेकाे छ ।

हाल बहराइनमा ३५ हजार श्रमिकहरूरहेका छन् भने नेपाल तामाङ घेदुङ बहराइनका अध्यक्ष प्रेम स्याङ्तान तामाङका अनुसार तामाङहरू ३५ सय देखि ४ हजार जना जति रहेकाे बताएका छन् भने बहराइनमा रहेका तामाङहरूलाई हालसम्म काेराेना संक्रमित नभएकाे उहाँले बताउनुभयाे ।

उहाँले बताए अनुसार ”यहाँ रहेका तामाङ र अन्य नेपालीहरूका लागि सामाजिक संजालबाट जथाभावी ननिस्कन, अति काम परे मात्रै निस्कन अनुराेध गरेकाे छु । आवश्यक परे कुनै प्रकारकाे सहयाेग लिन नेपाल तामाङ घेदुङका अध्यक्षलाई सम्पर्क राख्न हामीले अनुराेध गरिरहेका पनि छाै ।”

यसैगरी बहराइन सरकारले अवैधानिकरूपमा रहेका नेपालीहरूका लागि २०२० डिसेम्बर ३१ सम्मका लागि माफी मिनाह दिने घाेषणा गरेकाे छ ।

अन्तर्राष्ट्रिय तामाङ परिषदले हाल विश्व भरि छरिरहेका तामाङहरू अवस्था बुझिरहेकाे परिषदका अध्यक्ष टाँसी तामाङले जानकारी दिनुभएकाे छ भने बहराइनमा रहेका तामाङहरूलाइ हालसम्म काेराेना संक्रमित नभएकाे बताउनुभयाे ।

बहराइनमा अहिलेसम्म काेराेना भाइरसबाट १७०० जना संक्रमित भएकाे छ भने ७ जनाकाे मृत्यु भएकाे त्यहाँ स्थित नेपाल तामाङ घेदुङका अध्यक्ष तामाङले जानकारी दिनुभएकाे छ ।

दूतावासको सहयोगमा बहराइनको स्वास्थ्य मन्त्रालयले नेपाली भाषामै कोरोना सम्बन्धी विभिन्न निर्देशनहरु जारी गरेको छ । दूतावासले बहराइनमा क्रियाशिल नेपाली संघसंस्थाहरुलाई पनि इमेल मार्फत सूचना प्रवाह गरिरहेको राजदूत सुन्दासले जानकारी दिनुभयाे ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »