निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

spot_img

बागलुङकी पहिलो कोरोना संक्रमित युवतीको पाँचौ रिपोर्ट ‘नेगेटिभ’

बागलुङ। नेपालको पाँचौ तथा बागलुङको पहिलो कोरोना संक्रमित १९ वर्षीया युवतीको कोरोना परीक्षणको पाँचौं रिपोर्ट नेगेटिभ आएको छ ।धौलागिरी अञ्चल अस्पतालको आइसोलेसन कक्षमा उपचाररत बानपा ४ कुँडुलेकी १९ वर्षीया युवतीको यसअघिको चारवटा रिपोर्टमा पोजेटिभ देखिएको थियो ।

बिहीबार पोखरामा गरिएको स्वाब परीक्षणमा कोरोना संक्रमण नेगेटिभ रिपोर्ट आएको धौलागिरी अञ्चल अस्पताल बागलुङका प्रमुख शैलेन्द्र बि पोखरेलले जानकारी दिए । ‘युवतीको संक्रमण पुष्टि भएपनि सुरुदेखि नै अवस्था सामान्य थियो तर रिपोर्टमा पोजेटिभ देखिएको थियो,’ डा.पोखरेलले भने, ‘धेरै दिनपछि पाँचौ रिपोर्ट नेगेटिभ आएको छ, अब छिट्टै निको भएको सन्देश सहित डिस्चार्ज हुनेमा हामी विश्वस्त छौं।’

अब शुक्रबार पुनः स्वाब पठाइने र उक्त रिपोर्ट पनि नेगेटिभ आए डिस्चार्ज गरिनेछ । संक्रमित युवतीले पनि टेलिफोन सम्पर्कमा कुराकानी गर्दै पाँचौ रिपोर्ट नेगेटिभ आएपछि आफू निकै उत्साहित भएको र कोरोनालाई जितेर छिट्टै घर फर्कने दृढता व्यक्त गरिन् ।

उनी चैत्र ४ गते बेल्जियमबाट कतार एयरवेजको बिमान हुँदै नेपाल आएकी थिइन् । त्यही क्रममा चैत्र १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । यसैसाता मात्रै नेपालको छैठौ तथा जिल्लाको दोस्रो संक्रमित बानपा ३ गौडाकोटकी ६५ बर्षीया मनकुमारी पौडेल दम र प्रेसर रोगका बाबजुद पनि सहजै कोरोनालाई जितेर फर्किएकी थिइन् ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »