सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बाग्लुङमा पहिरोले स्काभेटर, टिपर र ट्रयाक्टर पुरियो, दुई चालक बेपत्ता : उद्धार कार्य जारी

बाग्लुङ । बाग्लुङ नगरपालिका १ रामरेखास्थित सामुदायिक वन क्षेत्रमा पहिरो जाँदा एउटा स्काभेटर, एक ट्याक्टर र टिपर पुरिएका छन् ।

त्यसका चालकहरु सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रहरी निरीक्षक दिपक रिजालका अनुसार हताहती भएको आशंका गरिएको छ । तर कति संख्यामा भन्ने खुलेको छैन ।

स्काभेटर चालक भने सम्पर्कमा आएको उनको भनाइ छ । ढुङ्गा, माटोसहितको गेग्रेटो उठाउने क्रममा एक्कासी खसेको पहिरोले ध १ च ४७ नम्बरको ट्याक्टर र ग १ ख ४६३७ नम्बरको टिपर र स्काभेटर पुरिएको हो । स्काभेटरको नम्बर खुलेको छैन ।

पहिले पनि पहिरो खसेको र त्यसैलाई पन्छाउने र सामग्री उठाउने क्रममा पहिरो खसेर डोजर पुरिएको हो।

पहिरो गएको केहीबेरमै उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली परिचालित भएको थियो ।

निरन्तर पहिरो खसिरहेको र जोखिमयुक्त भूगोल भएकाले मध्यरातसम्म उद्धारको प्रयास गरिए पनि सम्भव हुन सकेको थिएन । सुरक्षाकर्मीले जेनेरेटरबाट बत्ती बालेर रातभर उद्धारको प्रयास गरेका थिए ।

अहिले बिहानैदेखि उद्धारकार्य जारी रहेको प्रहरीले जनाएको छ । घटना भएको लामो समय बितिसक्दा समेत बेपत्ता चालक सम्पर्कमा नआएकाले पहिरोमै पुरिएको आशङ्का गरिएको वडा सदस्य सूर्य लामिछानेले जानकारी दिए ।

पुरिएको स्काभेटर निर्माण व्यवसायी विमलेस आचार्य र टिपर पर्वतका हरि घिमिरेको भएको बताइएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »