बारामा संक्रमित भेटिएको दुई गाउँ सिल गरियो

वीरगञ्ज । बारामा कोरोना संक्रमित भेटिएको दुई गाउँलाई स्थानीय प्रशासनले सिल गरेको छ । दिल्लीको मर्कजमा सहभागी भएर नेपाल आएका दुई जनामा बुधबार कोरोना संक्रमणको पुष्टि भएको थियो ।

उनीहरु बसोबास गर्दै आएको जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नम्बर ७ जीतपुर र वडा नम्बर १९ ईनरुवासिरा क्षेत्रलाई प्रशासनले क्षेत्र सिल गरेको छ ।

जीतपुरका ४३ वर्षका र सिम्रौनगढ घर भई ईनर्वा सिमरास्थित मस्जिदमा बस्दै आएका ३५ वर्षका संक्रमितको प्रत्यक्ष सम्पर्कमा आएका ७ जना पहिचान गरिएको छ । उनीहरुलाई जीतपुर सिमरामा बनाइएको कोरोना विशेष अस्थायी अस्पतालको आइसोलेसनमा राखिएको छ ।

उनीहरु बस्दै आएको क्षेत्रमा पूर्ण रुपमा आवतजावत बन्द गरिएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिएका छन् ।

‘संक्रमित भेटिएको दुवै ठाउँ सिल गर्नुका साथै कन्ट्याक्ट ट्रेसिङ पनि शुरु गरिएको छ’ प्रजिअ पण्डितले भने ‘दुवै संक्रमितको प्रत्यक्ष सम्पर्कमा रहेका परिवारका सदस्य, एक सवारी चालक र आफन्त समेत गरी ७ जनालाई आईसोलेसनमा राखेका छौं ।’

याससगै नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ।

+ posts

Leave a Reply

Your email address will not be published.

Language »