निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

spot_img

बालाजु वाइपासका सडक बिस्तार पिडित भन्छन : हामी बिकास बिरोधी होइनौं

सडक बिस्तार को नाउ मा आफु हरु लाई भुमिहिन (घरवार बिहिन ) बनाउन खोजेको भन्दै २०७० साल बाट निरन्तर आन्दोलनरत बालाजु वाइपास का बासिन्दा हरु यही साउन २४ गते सनिवार बाट वाइपास चोक मा रिले अनसन बसिरहेका छन ।

अनसन बसिरहेका अनसन कारी माथी बिकास बिरोधी भएको आरोप लाग्न थाले पछी उनिहरुले आफुहरु बिकास बिरोधी नभएको सारा खबर लाई बताएका छन । उपत्यका ब्यापी सडक बिस्तार पिडित संघर्ष समिती बालाजु (ल्हुती यं) को अगुवाइ मा भैरहेको यस आन्दोलन बिसुद्ध गैह्र न्यायिक सडक बिस्तार को बिरुद्ध मात्र भएको पिडित हरु को दाबी छ ।

No description available.

त्यो आन्दोलन लाई नेतृत्व गरिरहेका प्रा डा भागअवान दास मानन्धर भन्छन”बिकास बिरोधी भनेर हामी माथी लागेको आरोप सरासर झुट हो ।सडक बिस्तार मापदण्ड र साबिक बाटोको केन्द्रबिन्दु बाट पुर्व सहमती अनुसार सात सात मिटर कायम गरी बाँकी बसेको घडेरी पिडित हरु लाई पुन घर बनाउन उपलब्ध गराइ त्यो बाटो पिच गर्ने कुरामा हामी प्रतिबद्ध छौ ।”

No description available.

राज्य पक्षले अमानविय ब्याबहार प्रस्तुत गरेको मात्र नभै सम्मानित अदालत को आदेश को समेत धज्जी उडाएको हुँदा यो मुद्धा अन्तराष्ट्रीय अदालत सम्म पनि पुग्ने उपत्यका ब्यापी सडक बिस्तार पिडित संघर्ष समिती का अध्यक्ष सुमन स्यामी ले बताए का छन ।यो मुद्धा बालाजु का बासिन्दा को मात्र नभै समग्र नेवा: समुदाय लाई बिस्तापित गर्ने खाल को भएको ले कुनै दल बिषेष ले यस समस्याको समाधान गर्न नसक्ने उन को तर्क छ ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »