सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बास्कोटाको भिडियो लिएर जापानबाट आउँदैछु : विजय मिश्र

काठमाडौं। १७ भदौमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विजय प्रकाश मिश्रलाई सात दिनभित्र अख्तियारमा उपस्थित हुन निर्देशन दियो ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले ७० करोड कमिसन मोलमोलाइ गरेको भन्ने विषयमा अनुसन्धानका लागि अख्तियारले मिश्रलाई बोलाएको थियो ।

तर, अहिलेसम्म मिश्र अख्तियारमा हाजिर हुन नआएको अख्तियारका प्रवक्ता तारानाथ अधिकारी बताउँछन् । बास्कोटासँग स्वीस कम्पनी केबीए नोटासिसको एजेन्टका रुपमा बार्गेनिङ गरेका मिश्र अख्तियारमा हाजिर नभएपछि अनेकन अड्कलबाजी भएका छन् ।

मिश्रले आफू जापानमा रहेको बताए । मिश्रको भनाइ मान्ने हो भने उनी बास्कोटासँग भएको सम्बाद प्रमाणित गर्ने डिभाइस लिन जापान गएका हुन्।
अख्तियारले ७ दिने सूचना जारी गरेपछि मिश्रले अख्तियारलाई लिखित रुपमा इमेल गरेर आफू जापानमा रहेको र केही समयमै फर्किने जानकारी गराएको बताएका छन् ।

मिश्रका अनुसार अख्तियारलाई जानकारी गराएर डिभाइस लिन उनी जापान गएका हुन् । कोभिड–१९ का कारण असहज अवस्थाले सहजै स्वदेश फर्किन नसकेको उनको तर्क छ । मिश्रले आफूसँग रहेको डिभाइस अख्तियारले नमागेको भए निकै पहिले नै वयान दिइसक्ने दावी गरेका छन् । उनले सो डिभाइसमा मन्त्रीसँग भएको सम्वादको भिडिओ नै रहेको दावी गरेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »