निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

spot_img

बैरागी मोक्तानको डम्फुरे गीत” गाङ् कु स्योङ कु” ले इतिहास रच्यो

तामाङ समुदायका लोकप्रिय गायक बैरागी मोक्तानको तामाङ भाषाको मौलिक गीत अर्थात् डम्फूरे गीत “गाङ् कु स्योङ् कु” बोलको गीत युट्युबमा १२ लाख भन्दा बढी पटक हेरिएको छ । दर्शक श्रोताको राम्रो प्रतिक्रिया र माया पाएको उक्त गीत सार्वजनिक भएको एक वर्ष पुगेको शुभ अवसरमा राजधानी स्थित बौद्धमा ताम्बा संघ नेपालका अध्यक्ष पासाङ तामाङ ज्यूको प्रमुख आतिथ्यमा र चर्चित गायक रोज मोक्तान ज्यूको आतिथ्यमा एक कार्यक्रम सम्पन्न भयो ।

सो गीतमा शब्द दोर्जे मोक्तानको र संगीत बैरागी मोक्तानको रहेको छ भने स्वरमा बैरागी मोक्तानलाई गायिका इन्दिरा गोलेले साथ दिएका छन् ।

कार्यक्रमका क्रममा ताम्बा घेदुङका अध्यक्ष पासाङ तामाङले तामाङ कलाकारहरूले व्यवसायिक पाटो मात्रै नहेरी तामाङ मौलिक गीतको सृजना गर्नुपर्ने बताउनु भयो । त्यस्तै तामाङ गीत १२ लाख पटक युट्युबमा हेरिनु तामाङ समुदायको लागि खुशीको कुरा रहेको र सबै जना मिलेर ताम्बा गीतलाई प्रबर्द्धन गर्नुपर्ने कार्यक्रमका अतिथि गायक रोज मोक्तानले बताउनुभयो ।

गीतको म्युजिक भिडियोको निर्देशन दोर्जे मोक्तान, छायांकन हिरा बम्जन र सम्पादन गायक स्वयंले गरेका हुन् । दोलखा जिल्लाका रमणीय स्थलहरूमा छायांकन गरि प्रस्तुत गरिएको सो गीतमा प्रेमिका थिङ, दोर्जे मोक्तान, सागर स्याङ्तान, पान माया तामाङ,बसन्ती तामाङ, अभिषेक तामाङ र साङ्ढुब तामाङको अभिनय रहेको छ ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »