सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

भदौ १६ गतेदेखि नियमित अन्तर्राष्ट्रिय उडान खुला गर्ने सरकारको निर्णय

काठमाडौं। सरकारले भदौ १६ गतेदेखि नियमित अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले भदौ १६ गतेदेखि नियमित अन्तरदेशीय हवाई उडान खुला गर्ने निर्णय गरेको हो ।

हवाई उडान तालिका नागरिक उड्डयन मन्त्रालयले बनाउने निर्णय गरेको सरकारका प्रवक्ता अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

सरकारले गत चैत्र ११ गतेदेखि लकडाउन गरेयता नियमित अन्तर्राष्ट्रिय र आन्तरिक उडान रोकिएका छन् ।

नेपालभर गरिएको लकडाउन असार १ गतेदेखि खुकुलो पारिए पनि हवाई उडानमा भने प्रतिबन्ध कायम नै छ ।

अब भने पीसीआर नतिजा नेगेटिभ देखिएकालाई नियमित उडानमा स्वदेश ल्याउन दिइने निर्णय भएको खतिवडाले जानकारी दिए ।

पीसीआर परीक्षण गर्न असहज अवस्था भएका देशहरुमा भने तत्काल उडान नहुने जनाइएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »