सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

भदौ १६ बाट आन्तरिक उडान नखोले आन्दोलन गर्न बाध्य हुन्छौं : वायुसेवा सञ्चालक संघ

काठमाडौं। वायुसेवा सञ्चालकहरुले आउँदो भदौ १६ बाट पनि आन्तरिक हवाइ उडान गर्न नदिए आन्दोलन गर्ने चेतावनी दिएका छन्।

वायुसेवा सञ्चालक संघले विज्ञप्ति जारी गरी यस्तो चेतावनी दिएको हो।

सञ्चालक संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आन्तरिक हवाइ सेवा उद्योगलाई तत्कालै सञ्चालनमा नल्याउने हो भने सेवा नै बन्द हुन जाने भएकाले भदौ १६ देखि पुनः उडान सञ्चालन नभए आन्दोलन गर्न बाध्य हुने अवस्था सृजना हुनेछ।’

संघले विश्वका सबै देशले आन्तरिक उडान गरिरहेको भन्दै नेपालमा पनि आन्तरिक उडान खोलिदिन आग्रह गरेको हो।

उसले हवाइसेवा अत्यावश्यक सेवाअन्तर्गत पर्ने बताउँदै भदौ १ देखि नै कम्पनीहरु उडानको लागि पूर्ण तयार भए पनि प्रतिबन्ध लम्ब्याएकोमा दुःख व्यक्त गरेको छ।

भर्खरै

सम्बन्धित खबर

Language »