सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

भदौ १ गतेदेखि आन्तरिक र अन्तर्राष्ट्रिय उडान सुरु गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय

काठमाडौं /०५ साउन ।
सरकारले भदौ १ गतेदेखि आन्तरिक र अन्तर्राष्ट्रिय उडान सुचारु गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ १ गतेदेखि आन्तरिक र अन्तर्राष्ट्रिय उडान सुरू गर्ने निर्णय गरेको हो ।

उडानहरु कसरी सुचारु गर्ने भन्‍नेबारे पर्यटन मन्त्रालयले प्रोटोकल बनाउनेछ ।

सरकारले चैत ५ गतेबाट अन्तराष्ट्रिय हवाई उडान बन्द गरेको थियो भने १० गतेबाट आन्तरिक उडान रोकेको थियो ।

वायुसेवा पुनः सञ्‍चालन गर्न असार १५ गते पर्यटन मन्त्रालयले अध्ययन समिति गठन गरेको थियो । उक्त समितिको सिफारिसका आधारमा कोभिड-१९ संकट व्यवस्थापन समितिका संयोजक समेत रहेका रक्षामन्त्री ईश्वर पोखरेलले सोमबारको मन्त्रिपरिषद् बैठकमा हवाइ सेवा सुचारु गर्न प्रस्ताव लगेका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »