सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

भदौ १ गतेदेखि लामो दूरीको यातायात चल्न पाउने

काठमाडौं। लामो दूरीको यातायात भदौ १ गतेदेखि सञ्चालन हुने भएको छ।

सञ्चार तथा सूचना प्रविधि र अर्थमन्त्री डा. युवराज खतिवडाले भदौ १ देखि लामो दूरीको सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिए ।

भदौ १ गते भन्दा अघिसम्म भने काठमाडौंभित्र उपत्यकाका तीन जिल्ला र अन्य ठाउँमा सम्बन्धित जिल्लाभित्र मात्र यातायात सञ्चालन हुन पाउँछन् ।

यातायात व्‍यवसायीले साउन ८ गतेदेखि नै लामो दूरीमा यातायात सञ्चालन गर्न दिन माग गरेका थिए ।

तर सरकारले भदौ १ गतेपछि मात्र लामो दूरीको यातायात खोल्ने निर्णय गरेको हो ।

सरकारले आन्तरिक हवाइ उडान पनि भदौ १ देखि मात्र सञ्चालन गर्ने निर्णय गरिसकेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »