निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

spot_img

भवानी राणा र संघका नवनिर्वाचित कार्यसमितिबीच भेटघाट, व्यवसायिक समस्याका बारेमा छलफल


नेपालगन्ज, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा र नेपालगन्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित कार्यसमितिबीच शुक्रवार भेटघाट भएको छ ।

भेटघाटमा महासंघ अध्यक्ष राणाले संघमा ननिर्वाचित अध्यक्ष अब्दुल वाहिद मन्सुरी सहित पदाधिकारी, कार्यसमिति, एशोसिएट र बस्तुगत तर्फका सदस्यलाई बधाई र सफल कार्यकालका लागि शुभकामना दिइन ।

संघका अध्यक्ष मन्सुरी लगायत नयाँ कार्यसमितिले महासंघ अध्यक्ष राणालाई गृहनगरमा स्वागत गर्दै उद्योगी, व्यवसायिका समस्याका बारेमा अवगत गराएको संघका प्रवक्ता टंकबहादुर धामीले जानकारी दिए ।

अध्यक्ष मन्सुरीले स्थानीय व्यवसायीले भोग्नुपरेका समस्या राख्दै समाधानका लागि आफुहरु दत्तचित्त भएर लाग्ने उल्लेख गरे । ‘त्यसका लागि महासंघको सहयोग अपरिहार्य छ ।’– अध्यक्ष मन्सुरीले भने ।

महासंघ अध्यक्ष राणाले बाँकेका निजीक्षेत्रको विकासका लागि आफु सदैव क्रियाशिल रहेको बताइन । ‘यहाँका सबै समस्याका बारेमा जानकार छु ।

उद्योगी, व्यवसायीका समस्या मात्र होइन समग्र जिल्लाको आर्थिक विकासका लागि मेरो सहयोग रहन्छ ।’ अध्यक्ष राणाले भनिन्–‘ सबैले हातेमालो गरेर अगाडी बढ्यौ भने यो सम्भव छ ।’

भेटघाटमा सहभागि नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, संघका निवर्तमान अध्यक्ष नन्दलाल बैश्य, महासचिव चिरञ्जीवी ओली, उपमहासचिव धर्मराज अर्याल, कोषाध्यक्ष हरिलाल न्यौपाने लगायत अन्य कार्यसमिति सदस्यले बाँकेका उद्योगी, व्यवसायीका समस्या समाधानका लागि गर्नुपर्ने कामका विषयमा आ–आफ्ना धारणा राखेका थिए ।

सोह िअवसरमा होटल व्यवसायी संघले आयोजना गर्न लागेको नेपालगन्ज फुड फेस्टिभलका बारेमा पनि छलफल भएको थियो ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »