सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

भारतमा कोरोनाबाट ३८ सयकाे ज्यान गयाे,दैनिक साढे ६ हजार संक्रमित थपिँदै,५४ हजार घर फर्किए

काठमाडाैँ। एसियाकै महामारी केन्द्र बनिरहेकाे भारतमा कोरोना भाइरस (कोभिड–१९) काे संक्रमण झन् बढ्दै गएकाे छ । त्यहाँ पछिल्ला दिनहरूमा दैनिक साढे ६ हजार हाराहारीमा नयाँ बिरामी थपिँदै गएका छन् ।

यो समाचार तयार पार्दासम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ लाख ३१ हजार ४२३ पुगेको वर्ल्डोमिटर्सको तथ्यांकले देखाएको छ । अहिले संक्रमणका हिसाबले विश्वकै एघाराैँ स्थानमा छ, उसले अब चाँडै नै इरानलाइ उछिनेर दशाैँ स्थानमा पुग्ने देखिन्छ ।

भारतमा हालसम्म कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ३ हजार ८६८ पुगेको छ । त्यहाँ शनिबार एकै दिन काेराेना संक्रमणका कारण १४२ जनाकाे मृत्यु भएकाे छ, शुक्रबार पनि त्यति नै संख्यामा मृत्यु भएकाे थियाे ।

हालसम्म भारतमा कुल संक्रमितमध्ये ५४ हजार ३८५ मानिस उपचारपछि निको भएर घर फिर्किएका छन् । भारतमा अहिले ७३ हजारभन्दा बढीमा कोरोना भाइरस सक्रिय छ । उनीहरु उपचाररत छन् ।

भारतमा शुक्रबार एकैदिनमा ६ हजार ५६८ नयाँ संक्रमित थपिएका थिए भने शनिबार पनि याे संख्या बढेर ६ हजार ६२९ पुगेकाे छ । याे एकैदिन थपिएकाे हालसम्मकै बढी नयाँ संक्रमितकाे संख्या हाे ।

भर्खरै

सम्बन्धित खबर

Language »