सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

भारतमा कोरोना संक्रमित ९० हजार नाघ्यो,एकैदिन ४८ सय नयाँ संक्रमित

काठमाडाैं । विश्वव्यापी महामारीको रूप लिइरहेको कोरोना भाइरस (कोभिड–१९)बाट भारतमा अवस्था झन भयावह हुँदै गएकाे छ । पछिल्लो विवरणअनुसार भारतमा कोरोना संक्रमित संख्या ९० हजार ६४८ पुगेकाे छ ।

भारतले शुक्रबारबाटै कोरोना संक्रमणको सुरुवाती केन्द्र चीनलाइ उछिनेकाे थियाे । पछिल्लाे २४ घण्टामा (शनिबार) मात्रै भारतमा ४ हजार ८६४ नयाँ संक्रमित थपिएका छन् । शुक्रबार भने त्यहाँ ३ हजार ७ सय ८७ जना नयाँ संक्रमित थपिएका थिए । भारतमा दैनिक ३५ सयदेखि ४ हजार हाराहारीमा संक्रमित थपिँदै गएकाेमा शनिबार भने याे संख्या हालसम्मकै उच्च पुगेकाे छ ।

भारतमा शनिबार मात्र काेराेना संक्रमणबाट ११८ काे ज्यान गएकाे छ । शुक्रबार त्यहाँ १ सय ४ जनाकाे मृत्यु भएकाे थियाे । यससँगै भारतमा अहिलेसम्म काेराेनाबाट २ हजार ८ सय ७१ काे मृत्यु भइसकेकाे वर्ल्डो मिटर्स डट इन्फोले जनाएकाे छ ।

त्यहाँ संक्रमितमध्ये भारतमा ३४ हजारभन्दा बढी मानिस उपचारपछि निकाे भएर घर फिर्किएका छन् । भारतमा अहिले ५३ हजार ५५३ जनामा कोरोना भाइरस सक्रिय छ ।

भारतमा काेराेना संक्रमण व्यापक बन्दै गएसँगै नेपालमा पनि खतरा बढेकाे छ । नेपालमा पछिल्लो समय देखिएका अधिकांश कोरोना बिरामी कुनै न कुनै रूपले भारतसँग सम्बन्धित छन् ।नेपालसँग खुला सीमाना भएको र आवातजावात पनि सहजै हुनसक्ने छिमेकी देश भएका कारण भारतमा बढ्दै गएको कोरोना संक्रमणको दरले नेपाल पनि जोखिममा परेकाे छ ।

भर्खरै

सम्बन्धित खबर

Language »