सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

भारत कोरोना सङ्क्रमणबाट सबैभन्दा बढी प्रभाबित राष्ट्र मध्ये दशौं स्थानमा पर्यो

काठमाडौं। भारत कोरोनाभाइरसको सङ्क्रमणबाट सबैभन्दा बढी प्रभावित हुने दश राष्ट्र अन्तगर्त परेको छ । आइतबार इरानलाई पछाडी पार्दै संक्रमित संख्याको आधारमा भारत विश्वको १० औं सर्वाधिक कोरोना संक्रमित भएको मुलुक बनेको हो।

भारतमा पछिल्लो एक साता यता दैनिक रुपमा छ हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिदै आएका छन् । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार भारतमा संक्रमित संख्या १ लाख ३८ हजार ५ सय ३६ पुगेको छ भने सोका कारण ज्यान गुमाउनेको संख्या ४ हजार २४ पुगेको छ।

भारतमा ७६ हजार ८२० जनामा कोरोनाभाइरसको सङ्क्रमण सक्रिय छन् । पछिल्लो चौबिस घण्टामा भारतमा कोरोना सङ्क्रमित १५३ जनाले ज्यान गुमाएका छन् । आईतबार १३४ जनाको मृत्यु दत्र्ता गरिएको थियो ।

पछिल्लो १३ दिनको अवधिमा मात्र संक्रमित संख्या दोब्बर भएको छ। आइतबार मात्र त्यहाँ ६ हजार ६ सय ३४ नयाँ संक्रमित फेला परेका छन्। पछिल्ला १० हजार संक्रमित दुई दिनको अवधि थपिएका हुन्। भारतमा पहिलो १० हजार संक्रमित ४३ दिनको अवधिमा भेटिएका थिए।

भारतमा पछिल्लो ५ दिनमा औसतमा ६ हजार १ सय २ का दरमा संक्रमित थपिदैं आएका छन्। आइतबार मात्रै राजधानी दिल्लीमा थप ५ सय ८ नयाँ संक्रमित पुष्टि भए। योसँगै राजधानी दिल्लीमा कुल संक्रमित संख्या १३ हजार ४ सय १८ पुगेको छ।

यसैगरी भारतको सबैभन्दा बढी प्रभावित राज्य महाराष्ट्रमा ५० हजार बढीमा संक्रमण पुष्टि भएको छ। आइतबार त्यहाँ ३ हजार ४१ नयाँ संक्रमित फेला परेका छन्। योसँगै महाराष्ट्रमा संक्रमितको कुल संख्या ५० हजार २ सय ३१ पुगेको छ।

भारतका विज्ञहरूले आगामी हप्ताहरुमा संक्रमित संख्या थप बढ्ने बताएका ‍छन्। त्यसैगरी अमेरिका, रुस, इटाली, स्पेन, फ्रान्स र ब्राजिल कोरोनाभाइरस सङ्क्रमणले सबैभन्दा बढी प्रभाबित राष्ट्रहरु हुन ।

भर्खरै

सम्बन्धित खबर

Language »