सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

भोलि ६ वटा अन्तर्राष्ट्रिय उडान अवतरण हुने

काठमाडौँ / ३० असार ।
विदेशबाट नेपालीको उद्धारका लागि बुधबारबाट पुनः चार्टर्ड उडान प्रारम्भ हुँदैछ ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार बुधबार कुल ६ वटा उडान हुँदैछ । बुधबार हिमालय एयरलाइन्सले आबुधाबीका लागि दुई उडान भर्दैछ ।

हिमालय एयरलाइन्सको एक जहाज कुनमिङ जानेछ । नेपाल एयरलाइन्सले समेत कुनमिङका लागि उडान गर्दैछ ।

बुधबार सिंगापुरबाट सिल्क एयर काठमाडौं आउँदैछ । मलेसियाबाट मलेसिया एयरलाइन्ससमेत काठमाडौं आउनेगरी तालिका तय भएको छ ।

मंगलबार भने भारतबाट स्पाइस जेट कार्गो बोकेर नेपाल आएको छ । थाइल्याण्डबाट माई इण्डो एयरलाइन्सको जहाजसमेत कार्गो उडानका दौरान काठमाडौं आएको हो ।

भर्खरै

सम्बन्धित खबर

Language »