सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मन्त्रिपरिषद् बैठक पछिआज राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओली

काठमाडौं। सोमबार (आज) साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ । साँझ ५ः३० बजे प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्नुहुने जानकारी गराइएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओलीले सोमबार साँझ ५ : ३० बजे राष्ट्रको नाममा सम्बोधन गर्न लाग्नुभएको हो। ‘५:३० बजे प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्नुहुनेछ’ थापाले भन्नु भयो ‘त्यसअघि साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्दैछ।’ नेपाल टेलिभिजनले प्रधानमन्त्री ओलीको सम्बोधनलाई प्रत्यक्ष प्रसारण गर्ने जानकारी गराइएको छ ।

भारतले अतिक्रमित गरेको लिम्पियाधुरा, कालापानी र लिपुलेक सिमेटिएर नेपालले नयाँ नक्सा जारी गरेपछि उत्पन्न राजनीतिक तरंगबीच ओलीले गर्ने सम्बोधनलाई अर्थपूर्ण रुपमा लिइएको छ। ओलीले नयाँ नक्साको कार्यन्वयन र अतिक्रमित भूमी प्राप्तिका लागि आवश्यक राजनीतिक वार्ता र कुटनीतिक पहलमा जोड दिँदै नेपाल-भारतबीचको सम्बन्धका बारेमा महत्वपूर्ण अभिव्यक्ति दिने बुझिएको छ।

विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड-१९) लाई सामना गर्न अपनाउनुपर्ने रणनीति, राहत र सावधानीबारे प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुहुने बताइएको छ।

यसअघि २०७६ चैत ७ गते पनि प्रधानमन्त्री ओलीले राष्ट्रको नाममा सम्बोधन गरेका थिए। आजको मन्त्रिपरिषदको बैठकमा कोरोना महामारीका कारण विदेशमा अलपत्र रहेका नेपाली नागरिकहरु ल्याउने विषयमा छलफल हुने जनाइएको छ

भर्खरै

सम्बन्धित खबर

Language »