निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

spot_img

मन्सुरी नेतृत्वको प्यानललाई जिताउन कृष्णप्रसाद श्रेष्ठदेखि नन्दलाल बैश्यसम्म सक्रिय


नेपालगञ्ज , नेपालगन्ज उद्योग वाणिज्य संघको माघ ११ गते हुने निर्वाचनमा अब्दुल वाहिद मन्सुरी नेतृत्वको समावेशी प्यानलका उम्मेदवार जिताउन नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठदेखि नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यसम्म सक्रिय भएका छन् ।

व्यवसायीका यि दुई नेताको सक्रियतापूर्वक मत मागेपछि मन्सुरी नेतृत्वको प्यानलका मतदातामा उत्साह छाएको छ ।

श्रेष्ठ र बैश्य समावेशी प्यानलका सल्लाहकार समेत हुन । उनीहरु सक्रिय भएर मतदाता रिझाइरहेका छन् । श्रेष्ठ र बैश्यले संघलाई चलायामान बनाउन मन्सुरी नेतृत्वको प्यानल अपरिहार्य भएको बताउँछन् ।

समावेशी प्यानलको तर्फबाट अध्यक्षमा अब्दुल वाहिद मन्सुरी, उपाध्यक्ष वाणिज्य तर्फ ज्ञानेन्द्र श्रेष्ठ, उपाध्यक्ष उद्योग तर्फ आदेश अग्रवाल, सदस्यमा टंक धामी,अब्दुल वाहिद अन्सारी, श्यामसुन्दर अधिकारी, चिरञ्जीवी ओली, हरिलाल न्यौपाने, राजेश बैश्य, धर्म अर्याल, बिजय भण्डारी ‘बासु’, जहाँगिर मुसलमान, सुनिल बानिया ‘पप्पु’, मन्दिरा पाण्डे, भिम रानाभाटको उम्मेदवार छन् । उनीहरुको जित सुनिश्चित छ ।

दामोदर आचार्य, कृष्णप्रसाद श्रेष्ठ, नन्दलाल बैश्य, दुर्गाप्रसाद भण्डारी, इश्र्वरप्रसाद पोख्रेल, कपिल अधिकारी, पूर्व महासचिव अशोक कर्मचार्य, प्रतिष्ठित समाजसेवी सेम शाक्य, मधुसुदन शर्मा, कृष्णगोपाल बैश्य, मुकुट ढकाल, भाष्कर काफ्ले, रचना श्रेष्ठ, तारा रोकाय जस्ता प्रतिष्ठित व्यवसायी समावेशी प्यानलमा हुनुले पनि उक्त प्यानल जित्ने आधार प्रस्ट्याउँछ ।

यतिबेला प्रतिष्ठित व्यवसायी अन्सारी नेतृत्वको प्यानल जिताउन दिन रात नभनी लागिपरेका छन् ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »