निष्पक्ष खबर, पलपलमा सारा खबर

निष्पक्ष खबर, पलपलमा सारा खबर

spot_img

महताब बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १० औं साधारण सभा सम्पन्न


नेपालगन्ज , बाँकेको महताब बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १० औं साधारण सभा पौष २८ गते सम्पन्न भएको छ ।

महताब बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष धमेन्द्र कुमार वर्माको अध्यक्षतामा, जिल्ला सहकारी संघ बाँकेका उपाध्यक्ष अल्ताफ खाँको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

जिल्ला समन्वय समिति बाँकेको सभा हलमा सम्पन्न भएको सो साधारण सभामा वार्र्षिक प्रतिवेदन र आर्थिक प्रतिवेदन संस्थाका अध्यक्ष धमेन्द्र कुमार वर्माले प्रस्तुत गर्दै ४० लाख रुपैया बराबर कारोबार भएको बताउनु भएको थियो ।

सभाको विशिष्ठ अतिथि चन्द्रिका प्रसाद कहार, अतिथिमा महताब बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड जैसपुर – १६ का व्यवस्थापक निलम अर्याल, दरवारी लाल कुर्मी, भल्लर खटिक, ननदराज वर्मा, राज कुमार वर्मा, मायावती पासी, मुन्नी देबी कुर्मी, नेपाल पत्रकार महासंघ बाँके शाखाका सदस्य दिनेश ठकुर लगायत रहेका थिए भने कार्यक्रमको सञ्चालन सीता चौधरीले गर्नु भएको थियो ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

भर्खरै

सम्बन्धित खबर

Language »