महिला शसक्तिकरण र सुशासन अभिमुखीकरण


नेपालगन्ज ,नेपालगन्ज उपमहानगरपालिका ११ नंं वडाका महिलाहरुलाई शक्तिकरण र सुशासनका बारेमा क्षमता अभिबृद्धि गरिएको छ ।
 वडाका करिब तीन दर्जन भन्दा बढी महिलाहरुलाई शसक्तिकरण गरिएको हो । उनीहरुलाई लैगिंक हिंसा, महिला सशक्तिकरण, हिंसाविरुद्धको कानूनी प्रक्रिया, र सुशासनका आधारका बारेमा जानकारी गराइएको हो । 
११ नं. वडा कार्यालयको सहयोगमा सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्जले आयोजना गरेको महिला सशक्तिकरण र सुशासनका विषयमा आयोजित अभिमुखीकरणका सहभागिहरु महिलामाथी हुने विभिन्न किसिमका हिंसा, अधिकार र समस्याका बारेमा आ आफनो जिज्ञासा राखेका थिए ।
 
कार्यक्रममा अधिबक्ताद्धय सुनिल श्रेष्ठ र विश्वजित तिवारी, राकेश मिश्र, लक्ष्मी तिवारी र रविन्द्र ज्ञवालीले सहजीकरण गर्नुभएको थियो । कोरोना भाइरसको संक्रमणका बेला सामाजिक दुरी कायम गरि स्वास्थ्य सुरक्षा अपनाएर कार्यक्रम गरिएको हो ।
 कार्यक्रममा वडाध्यक्ष उज्जवलसिंह राठौर, वडा सदस्य मुबारक अलि, माया कानोजिय, रुवी लखेर, धु्रबकुमार कश्यप, वडा सचिव सविता तिवारी, संस्थाका उपाध्यक्ष कृष्णमुरारी प्रसाद भट्ट, लगायतले बोल्नु भएको थियो । कार्यक्रममा लक्षित वर्ग अन्र्तगत वडाका करिब ३५ जना महिलाहरुको सहभागिता रहेको थियो । 
+ posts
Language »